१५ बैशाख २०८१, शनिबार

ईटहरीमा बृद्धद्वारा युवाको छुरा प्रहार गरी हत्या

संवाददाता

विराटनगर । सुनसरीमा छुरा प्रहारगरि छिमेकीको हत्या भएको छ। ईटहरी उपमहानगरपालिका –३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्इु भएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
घटनामा संलग्न देवीप्रसाद अधिकारीलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घटनाबारेमा थप अनुसन्धान भईरहेको जनाईएको छ।

यहाँ कमेन्ट गर्नुहोस्