१६ चैत्र २०८०, शुक्रबार

विराटनगरका ब्यापारी भन्छन्, ‘निर्यातमा प्रक्रियागत जटिलता छ’

संवाददाता

विराटनगरमा आयोजना भएको कार्यक्रममा बोल्दै ब्यवसायी

विराटनगर । विश्व वजारमा मौलिक चिनारी वोकेका नेपाली वस्तुको माग भएपनि निर्यातमा देखिनु प्रकृयागत जटिलता रहेको ब्यवसायीले बताएका छन् । वढदो उत्पादन लागत तथा उत्पादन खर्च, ढुवानीको समस्याका साथै कुटनीतिक पहलको अभाव जस्ता कारणले आशातित रुपमा निर्यात हुन नसकेको ब्यवसायीको भनाई छ ।
नेपाल व्यापार एकिकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना गरेको छलफलका क्रममा ब्यवसायीले मौकिल उत्पादनको निर्यात र प्रवद्र्धनमा देखिएको जटिलताको बारेमा धारणा राखेका थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष सुवेश प्याकुरेलले निर्यात प्रवद्र्धनमा देखिएका जटिलतालाई सम्वोधन गर्नेगरी आगामी रणनीति आउनु पर्ने बताए । ‘मौलिक उत्पादन निर्यातका मुख्य समस्या भनेको नीतिगत समस्या नै हो, प्याकुरेलले भने, बढ्दो उत्पादन र लागत खर्च न्युनिकरण गर्ने नीतिगत रुपमा बोलिनु पर्छ ।’
पूर्व अर्थ सचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले नेपाल व्यापार एकिकरण रणनिति २०१६ सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिकानिर्वाह गर्ने सबैक्षेत्रलाई समावेश गरी ईकोसिस्टको विकास गर्नुपर्ने बताए । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका आन्तरिक उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमतामा अभिवृद्धि गरी निर्यातलाई वढावा दिन सरकार, नीजि क्षेत्रवीच सहकार्य हुनु पर्ने खनालको भनाई छ।
‘राज्यले उद्योग व्यवसायहरुको विकासकालागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्न आबश्यक छ, खनालले भने, नीतिगत उल्झनलाई समाधान गर्न तर्फ राज्यले ध्यान नदिने र निजी क्षेत्रको ध्इान नजाने हो भने अबस्था नराम्रो छ ।’
नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्दिय सदस्य अविनाश वोहराले निर्यात व्यापारको महत्वपूर्ण पक्षका रुपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यर्होर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त ल्याव नहुनु जस्ता कारणले निर्यात व्यापार अभिवृद्धि हुन नसकेको बताए । निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यानदिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संगठनका पूर्व अध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा लगायत, निर्यातकर्ता उद्यमीहरु, महिला उद्यमीका साथै युवा उद्यमीहरुको सहभागीता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्