१५ बैशाख २०८१, शनिबार

विराटनगरका मेयरको स्टाटस : ‘क्रियाशिल सदस्यको शुभेच्छा प्रति ऋणी छु’

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको खुसी ब्यक्त गरेका छन् । नेपाली कांग्रेसको १४ ओैं महाधिबेसनमा बिराटनगर –३ बाट क्षेत्रीय प्रतिनिधिमा पहिलो स्थानमा राखेर मत दिई बिजयी गराउने नेपाली कांग्रेसका क्रियाशिल सदस्यप्रति आफु ऋणि भएको बताएका हुन् ।
‘बिराटनगर –३ बाट क्षेत्रीय प्रतिनिधिमा पहिलो स्थानमा राखेर मत दिई बिजयी गराउनु भएको छ, उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, विजयी गराउनुहुने नेपाली कांग्रेस बिराटनगर– ३ का आदरणीय बुवाआमा, दाजुभाइ,दिदीबहिनी तथा सम्पूर्ण क्रियाशिल सदस्यज्युहरूलाई धन्यबाद दिन चाहन्छु ।’ मदतान गरेर बिजयी गराउने क्रियाशिल सदस्यहरुको शुभेच्छा प्रती उनले आफु अत्यन्तै ऋणी भएको बताएका छन् । ‘यहाँहरूको भावना अनुरूप म अगाडि बढ्ने प्रतिज्ञा समेत गर्दछु , उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्