१३ बैशाख २०८१, बिहिबार

बिना दर्ता संचालित औषधी पसलमा विभागको सिल

संवाददाता

बराहक्षेत्र नगरपालिकाका आधार दर्जन औषधी पसल सिल

विराटनगर । सुनसरीको ग्रामिण क्षेत्रमा संचालित धेरै औषधी पसल तथा फार्मेसीहरु बिना दर्ता तथा अरुको लाईसेन्सबाट चलाएको फेला परेको छ। नागरिकको स्वास्थ्यसँग जोडिएको औषधीको क्षेत्रमा पनि ठुलो समस्या देखिएको गुनासोका आधारमा औषधी ब्यवस्था विभागबाट गएको टोलीले बराहक्षेत्र नगरपालिकाका आधा दर्जन औषधी पसललाई सिल गरेको हो । बराह क्षेत्र नगरपारिका क्षेत्रमा गरिएको अनुगमनको क्रममा विना दर्ता सञ्चालित तथा अरुको  लाईसेन्समा सञ्चालित फार्मेसी तथा औषधी पसलहरुमा सिल गरिएको औषधी ब्यवस्था विभाग बिराटनगरका प्रमुख सञ्जीब शर्मा कट्टेलले बताए । कट्टेलको नेतृत्वमा गएको टोलीले बराहक्षेत्रका औषधि पसलमा अनुगमन गरिएको थियो ।
बराहक्षेत्र ३ मा दर्ता नगरि अवस्थित रुपमा संचालित सबिना राईको साईन बोर्ड बिनाको औषधी पसल, उतिम लाल साहुद्वारा संचालित मनकामना स्वास्थ उपचार क्लिनिक, उनदिप चौधरीद्वारा बिना दर्ता र बिना नाम संचालित औषधि पसलमा सिल गरिएको उनले बताए । त्यस्तै बराह क्षेत्र नगरपालिका ५ मा अवस्थितरुपमा सरिता ठाकुरको नाममा सञ्चालित शम्भु मेडिकल हललाई पनि सिल गरेको छ। सरिता ठाकुरको मृत्यु भएका बुबाको नाममा रहेको ओरियन्टेसनको प्रयोग गरि संचालन गरेको अनुगमनमा पाईएको शर्माले बताए ।
त्यस्तै लाइसेन्स भाडामा लिएर फार्मासिस्टको अनुपस्थितमा फार्मेसी सञ्चालन गरि रहेका २ औषधि पसललाई समेत औषधि ब्यबस्था बिभागले सिल गरेको छ । इटहरी १७ मा रहेको एलिना फार्मेसीमा राज कट्टेलको लाइसेन्स प्रयोग भएको तर निज कट्टेल औषधि उद्योगमा समेत काम गर्ने गरेको अनुगमनको क्रममा खुलेको छ। त्यस्तै बराहक्षेत्र ५ का प्रमोद कुमार साह तेली संचालक रहेको कामना फार्मेसी फार्मासिस्ट अरबिन्द कुमार अग्रहरीको लाइसेन्स प्रयोग भएको तर उनी उक्त फार्मेसीमा काम नगरी अन्यत्र काम गर्ने गरेको पाईयो, औषधी ब्यवस्था विभागका फार्मेसी अधिकृकत दिपेन्द्र खड्काले भने, उक्त पसलमा बिना दर्ताका यौनबर्धक औषधि समेत भेटिएको कारण सिल गरिएको छ ।’
बराहक्षेत्रमा नै अनुगमनको क्रममा औषधी पसल र भट्टी एउटै सटरमा राखेको समेत फेला परेको छ । अनुगमन गर्दै जाने क्रममा नाम नै नभएको एक सटरमा मदिरा र फार्मेसी बिक्री गर्ने गरेको पाईएको औषधी ब्यवस्था विभागका प्रमुख शर्माले बताए । यसरी अबैधानिक रुपमा संचालित फार्मेसीहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही प्रक्रिया अघि बढाईने विभागले जनाएको छ । लाइसेन्स भाडामा लाएर अन्यत्र काम गर्ने फार्मासिस्ट प्रति समेत कडा रुपमा प्रस्तुत हुने बिभागको तयारी रहेको उनले बताए । यो आर्थिक बर्षमा बिना दर्ता र भाडामा सञ्चालित फार्मेसीहरुको अनुगमन तथा छानबिनका लागि एउटा टोली बनाएर अभियान नै चलाउने बिभागले जनाएको छ ।
औषधी ब्यवस्था विभाग विराटनगर कार्यालयको कार्यक्षेत्र रहेको एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशका अस्पतालका फार्मेसी, औषधि उद्योग तथा फार्मासिस्ट कार्यरत क्षेत्र, फार्मेसी अध्यापन गराउने कलेजहरु सबैबाट बिभागले फार्मासिस्टको बिबरण संकलन गरि अनलाइन डिएएमएसबाट काउन्सिल नम्बर सहित रुजु गर्ने र भाडामा लगाइएको पाइएमा कार्वाही प्रक्रिया अगाडि बढाउने प्रमुख शर्माले जानकारी दिए । लाइसेन्स भाडामा लाएर सम्बन्धित स्थानमा कार्य नगरेको भेटिएका सबै फार्मासिस्ट हरु लाई कालो सुचिमा राखी विभिन्न माध्यमबाट सुचना प्रकाशित गर्ने समेत बिभागको तयारी रहेको छ ।
त्यस्तै कलेज मा अध्यापन गराइ फार्मेसीमा नबस्ने फार्मासिस्ट, उधोगमा काम गरेर अन्यत्र लाइसेन्स भाडामा लाउने फार्मासिस्टको हकमा फार्मेसी परिषदमा कारवाही का लागि सिफारिस गर्ने बिभाग को तयारी रहेको कट्टेलले जानकरी दिए । समग्र फार्मेसी पेसामा देखा परेको बिकृती रोक्न का लागि यो निर्णय गरिएको हुदा राम्रो काम गरि रहेका पसल तथा फार्मासिस्टहरु ले कुनै डर नमान्न र आफ्नो पेशाको मर्यादा कायम राख्दै जनतालाइ सेवा दिन सबैमा बिभागले अनुरोध गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्