०८ बैशाख २०८१, शनिबार

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज काठमाडौँमा सुरक्षित अवतरण

संवाददाता

विराटनगर। बुद्ध एयरको जहाज त्रिभुवन अन्तरराष्टय विमानस्थलमा अवतरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो । सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो । जहाजले विराटनगरमा तीन पटक अवतरणको प्रयास गरेको नागरिक उड्डयन कार्यालय विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्