०७ बैशाख २०८१, शुक्रबार

लिखु जलबिद्युत आयोजना भित्र ३ जना पुरिए , एकजनाको मृत्यु

संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। २ जना घाईते भएका छन् । लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरलाई ढिस्को झरेर पुरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा खोटाङका २८ बर्षीय रामकृष्ण राई हुन् । घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका प्रहरीले जनाएको छ। बिहान सुरुङमा काम गरिरहेको अबस्थामा रामकृष्णलाई माथिबाट झरेको ढिस्कोले पुर्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। जगत र प्रविन्द्रको पुरिएर घाईते भएका छन्। घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट केएमसी हस्पिटल काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्