१३ बैशाख २०८१, बिहिबार

मोरङमा ट्याक्टर र मोटरसाईकल जुधेर भएको दुर्घटनामा एकजनाको मृत्यु

संवाददाता

विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। आँमबारी–उर्लाबारी सडक खण्ड अन्तरगत रतुवामाई नगरपालिका ८ आँमडाडामा ट्याक्टर र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो ।
मे १ त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र–३–०२–००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भएका थिए । घाईते मध्येका यादव पाठकको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरील जनाएको छ।
ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवान ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्