१६ चैत्र २०८०, शुक्रबार

विराटनगरमा मनाईयो जितीया महोत्सव

संवाददाता

बिराटनगर । बिराटनगरमा जितीया पर्ब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। जितिया पूजा समारोह समितिले बिराटनगर–८ मा हरेक वर्ष झै यस वर्ष पनि जितिया पूजा महोत्सवको आयोजना गरेको हो । विशेष सांस्कृति कार्यक्रम गरी साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
जितिया पूजा महोत्सव समारोहमा बिराटनगर–८ स्थित विश्वकर्मा चौक जितवान भगवानको प्रतिमा स्थापना गरी टोल भरिका जितीया ब्रत बसेका महिलाहरूले पूजा आजा गरी नाच गान गर्दै पर्व मनाएको आयोजक समितिकी संयोजक शकुन्तला साहले बताईन ।
करिब तीन हजारको सहभागीतामा भएको कार्यक्रम भब्य रुपमा सम्पन्न भइको आयोजकको भनाई छ। बिराटनगर–८ की महिला सदस्य भारती पोखरेलले जितीया पर्बको महत्व बढ्दै गएको बताईन् । कार्यक्रममा समाजसेवी गंगा प्रसाद यादव तथा राजकुमार राजवंशी लगायतले कार्यक्रममा बोल्दै नारीहरुले पर्बलाई ब्रतसँगै एउटा सांस्कृतिक उत्सवको रुपमा मनाएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्