१६ चैत्र २०८०, शुक्रबार

होटल संचालकद्वारा विद्युत प्राधिकरणका कर्मचारीमाथि हातपात

संवाददाता

विराटनगर । विराटनगरमा होटल सञ्चालन गर्दै आएका विराटनगरका तुलसी पोखरेलले विद्युत प्राधिकरण बिराटनगरका कर्मचारीमाथि कुटपिट गरेका छन् । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी तारानाथ खतिवडा माथि हातपात भएको नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए । ३ लाख १४ हजार बक्यौता तिर्न बाँकी भएपछि प्राधिकरणका कर्मचारी कामको सिलसिलामा लाईट काट्न गएको बेलामा हातपात तथा दुब्र्यवहार भएको खड्काले बताए। विराटनगर महानगरपालिका–१ घर भएका पोखरेल विराटनगर–१२ मा रहेको होटल इस्टर्न स्टारका सञ्चालक हुन् ।
यसैबिच कर्मचारी कुटपिटको बिषयलाई लिएर नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघ र नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको बिरोध गरेको छ। आज साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै समयमै महसुल भुक्तानी नगरेर बाँकी बक्यौता रहेको ग्राहकको लाईन काट्ने सिलसिलामा होटल ईष्टर्न स्टारका संचालक तुलसी पोखरेलले गुण्डागर्दी शैलीमा गाली बेईज्जती तथा हातपात गरेको जनाएको छ। घटना प्रति क्रियाशिल ट्रेड युनियनले घोर निन्दा र भत्र्सना गर्दै पोखरेललाई एथाशिघ्र पक्राउ गरि कानुनी कार्वाही गर्नपनि माग गरेको छ। ‘निजलाई कानुनी कार्वाही नहुन्जेलसम्म उपयुक्त ग्राहकको विद्यतु सेवा सुचारु नगर्न हुन समेत माग गर्दछ, विज्ञप्तीमा भनिएको छ, ‘राष्टसेवक कर्मचारीहरुप्रति हुन यस्ता खालको उछृङ्खल एवम निन्दनीय कार्यलाई निरुत्साहित गर्न हुन सचेत राजनीतिक दल नागरिक समाज बुद्धिजिवीमा अनुरोध गदैछौँ ।’
होटलक संचालक पोखरेलले कुटपिट गर्नुको कारणको बारेमा प्रतिक्रिया लिन खोज्दा फोन उठाएनन् । अर्का संचालक भबिश श्रेष्ठले लाईन काट्न आउँदा रोक्न खोजेको तर कुनै कुटपिट नभएको बताए । ‘हामीले लाईन नकाट्न भन्दा केही भनाभन भएको हो, श्रेष्ठले भने, कुटपिट भएको हैन ।’

यहाँ कमेन्ट गर्नुहोस्