१५ बैशाख २०८१, शनिबार

विराटनगरका ब्यापारीद्वारा ‘मेरो देश, मेरै उत्पादन अभियान’को निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण

संवाददाता

विराटनगरका ब्यापारी राष्ट्रपति विद्यादेबी भण्डारीसँग

विराटनगर । विराटनगरका ब्यापारीले तयार पारेको मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो राष्ट्रपति विद्यादेबी भण्डारीलाई हस्तान्तरण गरेका छन् । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यकासाथ मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले मेरो देश, मेरै उत्पादनको अभियानको प्रारम्भ गरेका थिए। अभियान अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र राष्ट्रपति विद्यादेबी भण्डारीलाई हस्तान्तरण गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवद्र्धनका लागि संचालनमा ल्याएको यस अभियानमा आफनो पूर्ण साथ, सहयोग र समर्थन रहेको प्रतिबद्धता जनाईन् ।
राष्ट्रपति भण्डारीले यो अभियानमा ठूला उद्योगहरुसँगै स–साना लगानीमा संचालित वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेट्न सुझाव दिईन् । कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्योगलाई समेट्दा देशब्यापी रुपमा यस अभियानले सार्थक तुल्याउने बताईन् ।
उद्योग संगठन मोरङका अध्यक्ष्ँ सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाको नेतृत्वमा गएको संयूक्त प्रतिनिधि मण्डलले मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो हस्तान्तरण गरेको हो ।
सो अवसरमा संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष्ँ पवन शारडा, संगठनका पूर्व अध्यक्ष्ँ किशोर प्रधान, संघका पूर्व अध्यक्ष्ँ महेश जाजु, संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, संघका वरिष्ठ उपाध्यक्ष्ँ नविन रिजाल, संगठनका उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र संघका उपाध्यक्ष अनुपम राठीको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्