१३ बैशाख २०८१, बिहिबार

नयाँ ब्यवसायी बनाउन २४ नविनतम सोच छनौट, प्रशिक्षण शुरु

संवाददाता

विराटनगर । स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका चौविस स्टार्टअप व्यवसायीहरुको लागि वुट क्याम्प शुरु भएको छ। ब्यवसायको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन आज देखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प आयोजना भएको हो ।
स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले देशका युवा वर्गले आफनो सोचलाई व्यसायीकतामा रुपान्तरणमा रुपान्तरण गर्न नसक्दासम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । उद्योग संगठन मोरङले नया उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल वनाउन यो अभियानले भुमिका खेलेकोले उनले बताए । चार दिने वुट क्याम्प मार्फत प्रदान गरिने ज्ञान र सीपले स्र्टाटअप व्यवसायीहरुको सोच र अवधारणाको व्यवसायीक विकासका लागि नया सम्भावना र आयामहरुकोवारेमा दक्ष्ँता अभिवृद्धि गरिने आयोजकको भनाई छ।
वुट क्याम्प अन्तरगत अन्तिम दिन हाट बजारको आयोजना गरि स्टार्टअपहरुको सम्वन्धमा जानकारी दिईने संयोजक गोल्छाले बताए ।
अन्तर प्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चार दिने वुट क्याम्पका श्रोत व्यक्ति निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफनो व्यवसायको भावि लक्ष्य निर्धारण गर्न अनुरोध गरे । तालिम अवधिमा सहभागीहरुको व्यापारलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न वजार व्यवस्थापन, कर प्रशासन, वित्तीय श्रोत व्यवस्थाप र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरि विजनेश मोडल क्यान्भास तयार गरिने उनले बताए ।
कार्यक्रमको फोकल पर्सन प्रीति कोईराला भट्टराईले प्रदेश नं. १ का हिमाल, पहाड र तराइबाट छनौट भएका २४ स्र्टाटअपहरुमा कृषि, जडिवुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिईन् । भट्भराईका अनुसार, वुट क्याम्पले छनौट भएका स्टार्टअपहरुको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउदै लगानीमैत्री वनाउन सहयोग पु¥याउने छ।

यहाँ कमेन्ट गर्नुहोस्