१४ बैशाख २०८१, शुक्रबार

ईटहरीमा चाडबाड लक्षित बजार अनुगमन, लेबलिङ नभएका सामान बजारमा

संवाददाता

ईटहरीमा चाडबाड लक्षित भएको बजार अनुगमन

विराटनगर । लामो समयसम्म बजार अनुगमन हुन नसकेको ईटहरीमा चाडबाड लक्षित बजार अनुगमन शुरु भएको छ । पहिलो दिनको अनुगमनमा लेबलिङ नगरिएका बस्तु तथा सामाग्री बजारमा भेटिएको छ। पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको तथा तीन वटा पसलको नविकरण नभएको पाइएकोले त्यस्ता बस्तु बिक्री नगर्न र तत्काल ब्यवसाय नबिकरण गर्न निर्देशन दिर्ईएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ। शुक्रबार इटहरी वजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको थियो । ईटहरी उपमहानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहितको टोलीले बजार अनुगमन गरेको हो ।
बेलाबेला हुने बजार अनुगमनले बजारमा हुने बिकृती घट्ने तथा ब्यवसायी सचेत हुने भएकोले बजार अनुगमनलाई निरन्तरता दिईने ईटहरी उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख नोवलकिशोर भट्टराईले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्