१४ बैशाख २०८१, शुक्रबार

डेढ बर्ष पछि खुल्यो विराटनगरको रानी नाका

संवाददाता

जोगवनी नाका

विराटनगर । कोभिडको कारण देखाउँदै पुर्ण बन्द रहेको जोगवनी नाका संचालनमा आएको छ । कोभिड १९ महामारी विश्वव्यापी रुपमा फैलिएपछि रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले २०७६ चैतेखि बन्द भएको नाका शनिवारबाट सुचारु भएको हो ।
१९ महिना अघिदेखि बन्द रहेको विराटनगरको रानी तथा जोगवनी जोड्ने नाका शनिबारबाट पूर्णरुपमा खुलेको हो । नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरेको थियो । मन्त्री परिषदको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनपछि शनिवार देखि नाका पुर्ण संचालनमा आएको छ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आबश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य गरेर नाका संचालनमा ल्याईएको बताए । भारतबाट आउने ब्यक्तिहरुलाई निगरानीमा राखेर परिक्षण हुने उनले जानकारी दिए । नाका खुलेसँगै सीमा नाकाबाट आवत जावत बढेको छ। झण्डै एक महिना अघि सर्वसाधारणलाई रानी नाकाबाट आउजाउ गर्न दिने भन्दै सहज बनाईएको थियो । नागरिकको आवत जावत चोरबाटोबाट खुला हुने तर मुख्य नाका नखोलेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । नाका बन्द हुँदा सरकारले ठुलो राजश्व गुमाउँदै आएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्