१५ बैशाख २०८१, शनिबार

ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता, डबल ब्याडमिन्टनमा मोरङ प्रथम

संवाददाता

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता भएको छ। ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिता अन्तरगत डबल ब्याडमिन्टनमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जि.सी. र प्रहरी जवान जनम राई विजेता भएका हुन् । त्यस्तै १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र एक्तेन र प्रहरीनायव निरीक्षक बुद्धी दराई उपविजेता भएका छन् । त्यस्तै डबल टेबलटेनिस तर्फ १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी हवल्दार आशाराम चौधरी र प्रहरी हवल्दार मान बहादुर राजबंशी बिजेता भए । सिंगल टेबलटेनिसको उपाधी पनि प्रहरी हवल्दार आशाराम चौधरीले नै कब्जा गरे । प्रहरी सहायक निरीक्षक देवी प्रसाद ढकालले उपविजेतामा चित्त बुझाए । प्रतियोगितामा ब्याडमिन्टन तर्फ १६ टिम, डबल टेबलटेनिस तर्फ १५ टिम र सिंगल टेबल टेनिस तर्फ १२ टिमको प्रतिस्पर्धा रहेको थियो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको प्रतियोगिता प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ज्यूको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने ६६ औँ प्रहरी दिवस २०७८ मा पुरस्कार वितरण गरिने प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्