१२ बैशाख २०८१, बुधबार

फिक्कलमा ईण्डो नेपाल फुटसल हुँदै

संवाददाता

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा बिहिबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुने भएको छ। कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको प्रतियोगितामा सहभागिता रहनेछ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक÷एक टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा सुकिया भेट्रान्स दार्जिलिङ, इलाम भेट्रान्स, दार्जिलिङ भेट्रान्स, सूर्योदय भेट्रान्स, भेट्रान्स रोङ–११ आहाले भेट्रान्स, पेम्वा सेभेन र युनाइटेड भेट्रान्सले सहभागिता जनाउने छन् । प्रतियोगिताको पहिलो दिन पहिलो चरणको ४ खेल हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली सुकियाले इलाम भेट्रान्सको सामना गर्दैछ । आहाले भेट्रान्सले पेम्वा सेभेन, सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ–११ तथा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सको सामना गर्ने आयोजकले जनाएको छ। कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा हुने प्रतियोगिताको बिजेताले ३५ हजार ५ र उपबिजेताले १६ हजार ५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
खेलको माध्यमबाट सूर्योदय नगरपालिका र पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गर्न लागिएउको आयोजक कान्दुक रिक्रिसनका संचालक रुपेन गुरुङले बताए । भेट्रान्सहरुलाई समेत खेलकुदमा प्रेरित गराउनका लागि ४० बर्ष माथिकाहरुलाई सहभागि गराएर प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्