१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा बन्यो प्रदेश सभाको भवन, तर कामचलाउ मात्र

संवाददाता

विराटनगर । प्रदेश १ सभाको नव निर्मित प्रदेश सभा भवनको उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रमका बिच प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका हुन् । झण्डै डेढ बर्ष पहिला देखि निर्माण शुरु भएको प्रदेश सभा भवनलाई अस्थायी भवनको रुपमा निर्माण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
२०७७ असार १९ गते सुचना प्रकाशन गरि २०७७ भदौ ३० गतेदेखि सम्झौता भएर काम भएको थियो । ५ करोड १७ लाख ७३ हजार ९९४ रुपैयाँको लागत अनुमान गरिएको भएपनि २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँमा भ्याट बाहेक ठेक्का लागेको थियो । श्रीस्वामी नारायण निर्माण सेवा धरान १० सुनसरीले ठेक्का सम्झौता प्राप्त गरेर काम थालेको थियो ।
२०७७ फागुन ३० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि म्यद थप गरि लागत अनुमान थप भएको छ । दुई महिना म्याद थपगरि बैशाख ३० गतेसम्मको लागत अनुमानमा ७ लाख ३८ हजार ९८० रुपैयाँ थप गर्ने आदेश भएको थियो । यसबाट भवनको निर्माण सम्पन्न गर्न कुल २ करोड ५९ लाख २० हजार ९५६ रुपैयाँ ३२ पैसा लागत लागेको संसद सचिवालयले जनाएको छ। यस बाहेक फर्निचरमा १६ लाख ४३ हजार ३७०, साउण्ड सिस्टममा १६ लाख ७७ हजार ११७ रुपैयाँ र आन्तरिक सजावटको लागि १७ लाख ७६ हजार ९२५ पैयाँ गरि भवन निर्माणमा ५० लाख ९७ हजार ४१२ पैयाँ अतिरिक्त लागत लागेको संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
लामो समयसम्म साँगुरो भवनबाट प्रदेश सभाको कार्य संचालन हुँदै आएको थियो । यस अघि जिल्ला विकास समिति रहेको भवनको हलबाट प्रदेश १ को संसदको काम कार्वाही हुँदै आएको थियो । प्रदेश सरकार स्थापना पस्चात यही एउटा संरचना प्रदश संरचना कार्यान्वायनको लागि देखिएकोछ ।

 

यहाँ कमेन्ट गर्नुहोस्