१४ बैशाख २०८१, शुक्रबार

ईटहरीमा स्कुटर दुर्घटना दुईजनाको मृत्यु

संवाददाता

विराटनगर । सुनसरीमा स्कुटर दुर्घटना हूँदा दुईजनाकाृ मृत्यु भएको छ। पुर्ब पस्चिम राजमार्ग अन्तरगत ईटहरी उपमहानगरपालिका १६ लायन्स चौकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी अस्पताल तर्फ लैजाँदैगर्दा बाटैमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएका छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्