१३ बैशाख २०८१, बिहिबार

संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकाे महाधिवेशन धरानमा हुने

संवाददाता

विराटनगर । संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चले शान्तिपूर्ण अान्दाेलनबाट सिंहदरबार ध्वस्त पार्ने जनाएको छ । राष्ट्रिय महाधिवेशन बारेमा जानकारी दिन धरानमा अायाेजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष कुमार लिङ्देनले अान्दोलनले २०८१ सालसम्ममा सिंहदरबार ध्वस्त बनाउने बताए । अहिलेकाे संघीयता एकात्मक भऐकाे दाबी गर्दै लिङ्देनले अहिले भ्रष्टाचारको अखडा वडा भएकाे बताए । िसंहदरवारकाे अधिकार गाउगाउमा अायाे भनियाे तर भ्रष्टाचार उसैगरि आएकाे छ, उनले भने, अहिलेकाे राज्यसत्ता र संरचना नै गलत छ । उनले संघीय लोकतान्त्रिक रास्ट्रिय मंच को तेस्रो संघीय रास्ट्रिय महाधिबेशन यहि मङसिर २६ र २७ गते सुनसरीको धरानमा सम्पन्न गरिने जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्