१५ चैत्र २०८०, बिहिबार

नेपाल टेलिकमद्वारा विराटनगरमा एनटिटिभी सेवा शुरू

संवाददाता

विराटनगर । नेपाल टेलिकमले प्रदेश १ मा एनटिटिभी सेवा शुरू गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सेवा विस्तार बारेमा जानकारी दिएको हो । ईन्टरनेट, टिभी र ल्याण्डलाईन फोन एउटै तारबाट संचालन गर्ने गरि नयाँ प्रबिधि जडान गर्ने काम शुरू भएपछि सेवा सुचारू भएको नेपाल टेलिकम प्रदेश कार्यालय विराटनगरका प्रमुख सुर्यनारायण मालाकारले बताए ।
ईन्टरनेट , टिभि र टेलिफोनमा एउटै राउटरबाट संचालन गर्ने गरिको प्रबिधिको काम शुरु भएको उनले बताए । अहिलेको प्रबिधिबाट ४, ८ र १६ पोर्ट भएको राउटर टेलिफोन सेवा ल्याईएको उनले जानकारी दिए । कम्बो प्याकेजमा ईन्टरनेटको रकम तिरेपछि टिभि र टेलिफोन निशुल्क हुने मालाकारले जानकारी दिए ।
प्रदेश १ कार्यालयका प्राबिधिक प्रमुख प्रदिप खतिवडाले एनटिटिएस प्रविधिबाट सेवा संचालनमा रहेकोमा त्यसको सेवा बिस्तार गरेर एनटिटिभी सेवा शुभारम्भ भएको जानकारी दिए । एउटै तारबाट तिनवटा सेवा लिन पाउने भएकोले यो प्रभावकारी हुने खतिवडाले दाबी गरे ।
यो प्रविधि मार्फत १५ एमबिपिएसको ईन्टरनेट, टिभि सहित फ्रि टेलिफोन सेवा बार्षिक १५ हजारमा सेवाग्राहीलाई सुबिधा दिईने खतिवडाले जानकारी दिए । बार्षिक न्युनतम १३ हजार २ सय २० रूपैयादेखि, ६० एमबिपिएसको ईन्टरनेट , टिभि र टेलिफोन सहित २४ हजार ५ सयमा सेवाग्राहीले सेवा लिनसक्ने उनले बताए ।
गुणस्तरीय सेवा सहित अब्बल सेवा दिनका लागि नेपाल टेलिकमको टिम तयार रहेकोले बजारमा प्रतिस्पर्धामा सजिलो हुने नेपा टेलिकमका कर्मचारी तथा ट्रेड युनियनका प्रकाश शर्माले बताए ।
विराटनगर ६ का अनिल खड्का यो सेवा लिने पहिलो सेवाग्राहीलाई भएको भन्दै प्रशंसा गरिएको छ । सेवाउनले सेवा प्रावकारी रहेको र भरपर्दाे भएका कारण सेवा लिईएको बताए । कार्यालय लागेको दिन सुबिधा दिने गरिएकोभएपनि विदाको दिन सेवा नदिने काम भएकोले विदाको दिन पनि सेवा दिने ब्यवस्थापन गर्न खड्काले सुझाव दिए ।

यहाँ कमेन्ट गर्नुहोस्