१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ को संसदको हिउँदे अधिबेशन शुरु

संवाददाता

विराटनगर । प्रदेश सभाको नबौँ तथा हिउँदे अधिबेशन शुरु भएको छ । शुक्रबार देखि शुरु अधिबेशनमा पहिलो दिन नै सत्ता पक्ष र प्रतिपक्षका बिचमा जुहारी चलेको छ । प्रतिपक्षले अल्पमतमा परेको सरकारले शासन गर्न नपाउने भन्दै विस्वास लिएर देखाउन चुुनौती दिएका छन् । नेकपा एमालेको तर्फबाट बोल्दै सांसद हिक्मत कुमार कार्कीले सरकारले कुनैपनि असंबैधानिक काम नगरेको बताएका छन् । उनले यदी संबिधान र कानुन मिच्ने काम गरेको भए त्यसको निरुपणका बिभिन्न निकाय भएको कारण त्यस तर्फ जान आग्रह गरे । ‘संविधानको परिपालनाको क्रममा चुकियो भने त्यसको निरुपणको निकाय छन्, उनले भने, संविधान कानुन मिच्यो भन्ने लाग्छ भने सम्बन्धित निकायमा जान सक्ने बाटो छ । विराटनगरमा उच्च अदालत छ, काठमाडौँमा सर्बोच्च अदालतहरु छन् ।’ अहिले पनि महमतमै रहेको दाबी गरेका कार्कीले ४१ सिट भएको दलले ६ सिट ब्यवस्थापन गर्ने दाबी गरे । ‘प्रदेश सभामा अहिले कोहीसँग बनिबनाउ बहुमत छैन कार्कीले भने, हामीले कुनै दलसँग सहकार्य नै गर्न सक्दैनौँ भन्ने हैन, हामी पनि दलहरुसँग छलफलमा नै छौँ ।’
विस्वासको मत लिने बारेमा कार्कीले बिधि र प्रक्रियाबाट तोकिएको समय भित्रै सरकारले विस्वासको मत लिने बताएका छन् । संसदीय अभ्यासमा जित हार हुने भन्दै त्यसबाट बिक्षिप्त हुने अबस्था एमालेमा नरहेको स्पष्ट पारे ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीवव कोईरालाले नेकपाको कारण अहिलेको अबस्था आएको बताएका छन् । जम्मा ९३ जना सांसद रहेको प्रदेश सभामा दलहरुको संख्या एउटै भएपनि दलहरुको संख्या बढेको बढेकै हुनको कारण नेकपा नै यसको जिम्मेवार हुने बताए । प्रदेश सभा भवन निर्माण हुनुलाई उनले संघीयता कार्यान्वायनमा गएको र संरचना निर्माण यसको जजग भएको स्पष्ट पारे । उनले संबिधानको निर्माताको हिसावले पनि मुख्यमन्त्रीले छिटो छरितो माध्यामबाट निकास दिनु पर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बोले अहिलेको सरकारले पटक पटक संबिधानको उल्लघन गरेको बताए । शेरधन राईले नै अविस्वासको प्रस्ताव लिनु पर्ने अबस्थामा असंबैधानिक मुख्यमन्त्रीको नियुक्ति भएको, असोज ८ गतेसम्म विस्वासको मत लिनु पर्नेमा नलिएको पनि आङ्बोको भनाई थियो । अहिले सरकारको कुनै नैतिक मुल्यमान्यता नभएको कारण विस्वासको मत लिनुभन्दा पनि मुख्यमन्त्रीले राजीनामा दिनु पर्नेमा जोड दिए ।
दल विभाजनको पत्र संसद सचिवालयमा आएको हिसावले पनि आज विस्वासको मतका लागि प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको हुनुपथ्थ्र्यो, उनले भने, २४ गते विस्वासको मत लिन आज प्रश्ताव किन गरिएन ? सरकार असंबैधानिक बाटो हिँड्दैछ ।’
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले प्रदेश १ मा बहुमतको संख्यालाई अल्ल्पमतले शासन गरेको बताए । यादवले बिशेष अधिबेशन बोलाएर विस्वासको मत लिनु पर्नेमा हिउँदे अधिबेशन बोलाएको भन्दै सरकारको आलाचना गरे । राप्रपाकी सांसद ईन्दीरा राईले सत्ता सञ्चालन गर्दै आएका सत्ताधारीहरुले संबैधानिक अपराध गर्न लागेको बताईन् । सत्ताप्राप्तीका लागि अपराध तथा गोलचक्करमा फसेर घृणित खेलमा नलाग्न उनको सल्लाह थियो ।
संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चकी सांसद बिष्णु तुम्बाहाम्फेले मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरिन् । गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री भएका भीम आचार्यले अब मुख्यमन्त्रीमा रही रहन बिस्वासको मत लिनु पर्ने हुन्छ । यसको लागि प्रदेश १ सभामा दल विभाजन पत्र दर्ता भएको भदौ २७ गतेको मितिले ३० दिन भित्र विस्वासको मत लिन भनिएको छ । विस्वासको मत लिनको लागि प्रदेश सभा नियमावलीले संसद सचिवालयमा विवासको मतको लागि प्रस्ताव दर्ता गरेपछि २ दिन पछिदेखि छलफल हुन्छ । तत्कालीन अबस्थामा २४ गते प्रदेश सभामा विस्वासको मतका लागि प्रस्ताव दर्ता भएमा दशैैँ अघि विस्वासको मत प्राप्त गर्न सक्ने आधार देखिन्न ।
प्रदेश १ मा मुख्यमन्त्रीको लागि नाम चर्चा भएका नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले ३० दिन भित्र विस्वासको मत नलिए सबै सांसदको हस्ताक्षर सहित लिएर प्रदेश प्रमुखको कार्यालयमा जाने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्