१३ बैशाख २०८१, बिहिबार

यार्सागुम्बा सहित दुईजना ईटहरीबाट पक्राउ

संवाददाता

विराटनगर । दुर्लल बनस्पति यार्सागुम्बा सहित सुनसरीबाट २ जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका–४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका–४ का ३२ बर्षीय श्याम कुमार लिम्बु छन् । उनीहरुको साथबाट ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बा बरामद गरेको प्रहरीले जनाएको छ । यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । यार्सागुम्बा सहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्