१६ चैत्र २०८०, शुक्रबार

बैंक लुट्ने बन्दुकधारी सार्बजनिक, २१ लाख ७० हजार लुटिएको दाबी

फिल्मी शैलीमा लुटपाट

संवाददाता

पक्राउ परेका तीनजना

विराटनगर । बैंक लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरि सार्बजनिक गरेको छ। असोज २५ गते दिउँसो ३ बजेर ४५ मिनेटको समयमा जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं.–४ कर्सियामा रहेको सिटिजन बैंकमा लुटपाट गर्ने गिरोहको नाईके सहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटना २६ गतेको भएपनि प्रहरीले बुधबार मात्र उनीहरुलाई सार्बजनिक गरेको हो । प्रहरीको प्रारम्भीक अनुसन्धन अनुसार २१ लाख ७० हजार बैंकबाट लुटपाट भएको छ। पत्रकार सम्मेलन गरि घटनाको बारेमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले घटनामा भारतीय गिरोहको संलग्नता रहेको बताए । आपराधिक समुहले कर्सियाको बैंक लुट्ने योजना १० दिन पहिला देखि बनाएको भन्ने अनुसन्धानबाट खुल्न आएको बताए । प्रारम्भीक रुपमा लुटेरा समुहले २१ लाख ७० हजार लुटपाट भएको जानकारीमा आएको र लिखित रुपमा बैंकबाट जानकारी आउन बाँकी रहेको जिसीले बताए ।
फिल्मी शैलीमा लुटपाट
सोमबार दिउँसोको समय थियो । दशैको बेला भएको कारण बैंक दिनभर जस्तैै ब्यष्स्त थियो । भिडबाडको बिच भएको कारोबारका कारण कर्मचारीहरु पनि निक्कै थकित थिए । झण्डै ४ बज्न लागेको थियो । त्यो बेलासम्म बैंक सुनसान जस्तैै भईसकेको थियो, बैंकमा सुरक्षागार्ड र कर्मचारीहरु मात्र थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, मोरङको कर्सियामा रहेको सिटिजन्स बैंकमा ७ जनाको अपरिचित समूह एक्कासी बैंक भित्र पस्न खोजे । बँैंकको गार्ड रंगेली नपा २ बस्ने वर्ष ४० का सितल कुमालर्ला ७ जना मध्येका २ जनाले गार्डसँग भएको खुकुरी खोसी पेस्तोल ताक्दै नियन्त्रणमा लिन खोजे । बैंकको सुरक्षामा खटिएका गार्डले प्रतिकार गर्दा पछाडिबाट अर्को हतियारधारी ब्यक्तिले गोली प्रहार गरेको प्रहरी जनाउँछ । हतियारधारी समुहले हानेको गोली सुरक्षागार्डको दाहिने पातामा लागेको थियो । बैंकमा गोली चलेपछि होहल्ला मच्चीयो । कर्मचारीहरु भागदौड गर्न थाले त्यही बेला प्रहरीलाई घटनाको बारेमा खबर पुगिसकेको थियो । केहीबेरमा आएको प्रहरी चौकी कर्सियाको टोलीले घाईते भएका गार्ड हमाललाई उपचार्थ न्यूरो अस्पताल विराटनगर पठाएको थियो । ‘तत्काल त्यहाँबाट कति लुटपाट भएको हो भन्ने यकिन प्रहरीसँग थिएन तर प्रहरी लुटेराको खोजीमा लागेको थियो, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जिसीले भने, अनुसन्धान गर्दै जाँदा अहिले तीनजनालाई पक्राउ गर्न सफल भएइका छौँ ।’ घटना पछि फरार भएका लुटेरा समुहको खोजीका लागि प्रहरी टोली परिचालन गरि घटना भएको करिब १५ मिनेट पछि धनपालथान गाउँपालिका वडा नं.–२ खयरबना चोक नजिकबाट भाग्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको जिसीले बताए ।
पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार विराटनगर महानगरपालिका वडा नं.–८ बस्ने वर्ष ३२ को श्याम मुखिया, भारतको अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी छन् । रहेका छन् । त्यस्तै भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव पनि पक्राउ परेका छन् । सहनीको बाया तिघ्रामा गोली लागि घाईते अबस्थामा को २५ प ३८९९ नं को मोसामा तिनैजना भारत तर्फ भाग्ने क्रममा खयरबना चोक नजिकबाट पक्राउ गरिएको एसपी जिसीले बताए । बैंकमा लुटपाट गर्ने क्रममा हतियारधारी समुहले हानेको एक गोली सुरक्षा गार्डलाई लागेको थियो भने अर्को गोली सहनीलाई लागेको प्रहरीको दाबी छ । घाईते सहनीको रंगेली अस्पतालमा उपचार पश्चात ईप्रका रंगेलीमा ल्याएर राखिएको प्रहीले जनाएको छ।
एसपी जिसीका अनुसार प्रहरीको प्रारम्भिक रूपमा अनुसन्धान पश्चात घटनामा संलग्न अन्य ६ जना रहेका छन्, उनीहरुको खोजी कार्य जारी छ । प्रहरीले घटनामा संलग्न को २५ प ३८९९ नम्बरको पल्सर मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ। त्यस्तै पक्राउ परेका सुनिल यादवले प्रयोग गरेको कटुवा पेस्तोल १ थगान र एकथान लोडेड गोली पनि बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट पेस्तोलको नपड्किएको नपड्कीएको १ राउण्ड गोली र एक थान खोका बरामद भएको जनाएको छ। घाईते सुरक्षा गार्डको अबस्था खतरामुक्त रहेको एसपी जिसीले जनाएको छ। छोटो समयमा धेरै पैसा कमाउने उदेश्यले यो समुह परिचालित भएको दाबी प्रहरीको छ ।

यहाँ कमेन्ट गर्नुहोस्