२० बैशाख २०८१, बिहिबार

ईटहरीको मायाँ घरमा दशैको रौनक

संवाददाता

ईटहरी । जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । तर इटहरी २ को एकैघरका १सय २ जनालाई भने अष्टमीको दिनसम्म पनि दशै आएको थिएन । न नयाँ नाना थियो,न मासु खाना । एक सय दुईजना सडक मानवलाई आश्रय दिईरहेको इटहरी स्थित मायाँघरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिका पुगेपछि मात्र दशैको आभाष भएको छ । अष्टमीको दिन त्यहाँका सवै १०२ जनाका लागि नयाँ लुगा र मासुखानाको ब्यवस्था सहित उपमहानगरको तर्फवाट उपप्रमुख लक्ष्मी गौतम मायाँघर पुग्नुभएको हो । उपप्रमुख गौतमले सवैलाई कपडा र खाना दिनुभयो । उहाँले सवैजना घर घरमा दशैको उमंगमा रमाइरहेका वेला मायाँघरमा आश्रित एकसय दुईजनाका लागि इटहरी उपमहानगरपालिकाले दशैको अनुभूति गराउने कोशिष गरेको वताउनुभयो । मायाँघरकी सचिव सुभद्रा प्याकुरेलले मायाँघरमा वल्ल दशै आएको प्रतिक्रिया जनाउनुभयो । अपठयारो परेको वेला उपमहानगरको तर्फवाट सहयोग लिएर उपप्रमुख आइरहदा मायाँघरलाई सजिलो हुने गरेको उहाँको भनाई छ ।मायाँघरले मानसिक सन्तुलन ठीक नभएर असहाय रुपमा सडकमा वस्न वाध्य महिला तथा वालवालिकालाई आश्रय दिदै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्