०७ बैशाख २०८१, शुक्रबार

धरानमा पहिरोले घर पुरिँदा दिदी-भाईको मृत्यु

संवाददाता

धरानमा पुरिएको घर

विराटनगर । अबिरल बर्षाको कारण धरानमा बहिरोले घर पुर्दा दुई बालबालिकको ज्यान गएको छ। अबिरल बर्षाको कारण घर पुरिदा दुई जना बच्चाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका जिल्ला प्रहरी कर्यालय सुनसरीले जनाएको छ । आज दिउसो पौने २ बजे घरमाथीबाट खसेको पहिरोले १ तले टिनको छाना भएको घर पुरिदा घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएको सुनसरीका एसपपी सञ्जयसिंह थापाले बताए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्