१४ बैशाख २०८१, शुक्रबार

फेसबुक वाच: विराटनगरमा एउटा मोटरसाईकलमा ६ जना यात्रु

संवाददाता

विराटनगर - रङ्गेली सडक खण्डमा देखिएको दृश्य

विराटनगर । सोमबार दिउँसो एउटा मोटरसाईकल रंगेलीबाट बिराटनगर तर्फ आउँदै थियो । नजिकै बसमा हिँड्दै थिए सामाजिक विकास मन्त्रालयका अधिकृत गोपाल दाहाल । रंगेलीबाट बिाटनगर आउँदै गर्दा उनले एउटा मोटरसाईकल देखे जसमा ६ जना सवार थिए । एउटा मोटरसाईकलमा ६ जना लिएर हिँडेको देखेपछि उनलाई त्यो बारेमा अनौठो लागेर फोटो पनि खिचे । मोटरसाईकल नम्बर उल्लेख नै नभएपनि ६ जनालाई बोकेर हिँडेको मोटरसाईकलले आफै दुर्घटना हुन सक्ने र अरुलाई पनि दुर्घटनामा पार्न सक्ने भन्दै उनले त्यो फोटो सामाजिक सञ्जालमा सार्बजनिक गरेका छन् । ‘म बस भित्र भएको कारण मैले सम्झाउन सकिन, उनले भने, दुई पाङ्ग्रे सवारी साधनमा यो भन्दा जोखिम के होला ?’ मधेशका जिल्लामा यस्ता तस्विरहरु बेला बेला भेट्ने गरिन्छ । सामान्य टफिक नियमको समेत ख्याल नगरि सवारी चलाउँदा दुर्घटना हुने र चाडबाड भन्दैमा यसरी हिँडेपछि थप ठुला दुर्घटना हुने उनको ठम्याई छ।

यहाँ कमेन्ट गर्नुहोस्