१६ चैत्र २०८०, शुक्रबार

मौसमको खराबीले विराटनगर-काठमाडौँ हवाई उडान अस्तब्यस्त

संवाददाता

विराटनगर । मौसममा देखिएको खराबीका कारण काठमाडौँ–विराटनगरका अधिकांश उडान अबरुद्ध भएको छ। विराटनगरबाट काठमाडौँ उडान हुनु पर्ने २ वटा जहाज उडान गर्न नसकेर बिराटनगरमा नै रोकिएका छन् । बुद्ध एयरको एउटा र श्री एयरको एउटा जहाज बिराटनगरमा रहेको नेपाल नागरिक उड्डेयन प्राधिकरण बिराटनगरका प्रमुख उत्सब खरेलले जानकारी दिए । आज साँझ काठमाडाँैबाट बिराटनगर तर्फ आउँदै गरेको सौर्य एयरको जहाज पनि बिचबाट नै काठमाडौँ नै डाईभर्ट गर्नु परेको प्राधिकरणले जनाएको छ। काठमाडौँ बिराटनगर २१ वटा उडानको तालिका रहेको भएपनि जम्मा ७ वटा मात्र उडान हुन सकेको प्रमुख खरेलले बताए । मंगलवार दिनभरीमा सौर्यका २ वटा, यतिको १, गुणको १, बुद्धको २ र श्री एयरको १ उडान भएको खरेलको भनाई छ। देशब्यापी रुपमा देखिएको मौसमको खराबीको कारण नै धेरै उडानहरु अबरुद्ध भएको उनले बताए ।
बुद्ध एयरको दिउँसो १ बजेर ५ मिनेट र १ बजेर ४५ मिनेटको दुई उडान भएको बुद्ध एयर बिराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले बताए । उनका अनुसार दिउँसो ४ बजेर ४५ मिनेटमा उडान हुनु पर्ने जहाज मौसममा आएको खराबीका कारण बिराटनगर नै नाईट स्टे भएको भण्डारीले बताए । बिहानको ३ र साँझको ३ वटा उडान पनि स्थगित भएको छ । बिराटनगरमा राखिएको जहाज बिहान ६ बजे उड्ने भण्डारीको भनाई छ।

यहाँ कमेन्ट गर्नुहोस्