१३ बैशाख २०८१, बिहिबार

सुनसरी–मोरङमा धानमा ५ प्रतिशत पनि क्षति छैन

संवाददाता

विराटनगर । सुनसरी र मोरङ्ग जिल्लाको ठूलो क्षेत्रमा गरिएको अनुगमनबाट कृषि क्षेत्रको ५ प्रतिशत धानमा क्षती पुगेको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएकोछ । धानको बढी उत्पादन हुने क्षेत्र झापा मोरङको धेरै ठाउँको अनुगमनको क्रममा केही क्षेत्र बाहेक धेरै जसो ठाँउहरु सुधारहुने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले ८० प्रतिशतभन्दा धेरै क्षेत्रफलमा धान दुध पसेर पाक्ने अवस्थामा रहेको तथा बासमती लगायतका पछि पाक्ने जातहरु नपसाएको बताए । अनुगमनको क्रममा ५ प्रतिशतभन्दा थोरै क्षेत्रफलमा बाली पाकेर कटानी भएको तथा त्यसको खोला छेउछाउको सानो भागको धान पानीले बगाएको पाईएको उप्रेतीले बताए । अरु धेरै काटेको बालीपनि केहि मेहनत गर्दा बचाउन सकिने उप्रेतीको भनाई छ।
‘लडेको बालीहरु मेहनती किसानहरुले बाधेर जोगाउनु भएकोछ, उनले भने, धेरै ठाँउहरुमा यो उपाय उपयोगि हुनसक्छ ।’ पानीको सतह तिब्ररुपमा कम भैरहेकोले यो बेला छिमेकीहरु मिलेरपनि धेरै कुरा बचाउन सकिने उनको भनाई छ ।
धान विज्ञ उप्रेतीले बर्षातको कारण भएको बासत्विक क्षति हल्ला फिजाइए भन्दा र बिभिन्न जिल्लाबाट आएको अनुमान भन्दा धेरै कम रहेको बताएका छन् । ‘हिजो रातीको पानीले डुवान भएका धेरैजसो बालीहरु आज पानीमाथी आइसकेका छन, उप्रेतीले भने, ति प्राय जोगिन्छन, पाकिसकेर लडेका बालीहरु एक दुइ दिन कुरेर मौसमको अनुकुलता हेरी कटानी थाल्न सकिन्छ ।’
परम्परागतरुपमा गर्दै आएका तरिकाहरु जस्तै दुइ तिन वटा गाँजहरु एक ठाँउमा ल्याएर हल्का बाँधिदिने कुरा लडेको बालीको क्षति कमगर्न एकदमै उपयोगी हुने धान विज्ञ उप्रेतीको भनाई छ। उनले आफनो खेतमा पुगेर आलीहरु खोल्ने, पानीको निकास गर्ने, र काटिसकेको डुबेका बालीहरु ओतलाग्ने ठाँउमा ओसारेर एक अर्काको सहयोगी बन्न पनि आग्रह गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्