१४ बैशाख २०८१, शुक्रबार

बिराटनगर विमानस्थल डुबानको कारण ‘बास्तानाला’

संवाददाता

पानीले डुबेको विराटनगर बिमानस्थल

विराटनगर । विराटनगर बिमानस्थल डुबानको कारण बास्तानाला रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायले निश्कर्ष निकालेका छन् । २०७४ सालमा बिमानस्थल डुब्दा केसलिया खोला पसेर लेदोले भरिएको अबस्था थियो भने यो बर्ष लेदो बिनाको पानीले बिमानस्थल डुबेको छ। बुधबार बिहान एक्कासी पानीको मात्रा बढ्दै जाँदा बास्तानाला भरिएर बिमानस्थलमा पानीले भरिएको नागरिक उड्डेयन प्राधिकरण बिराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिए ।
मंगलवार दिउँसो ४ बजेपछि उडान र अबतरण रोकिएको बिराटनगर बिमानस्थल बुधबार बिहान डुवानमा परेको थियो । विराटनगर बिमानस्थल प्रशासनका अनुसार विमानस्थलबाट तत्काल उडान हुनसक्ने अबस्था छैन । रनवेमा पानी नभएपनि ट्याक्सी वे, टर्मिनल भवन र अगाडी पानी जमेको कारण बिमानस्थल तत्काल खुल्नसक्ने संभावना नभएको खरेलले बताए ।
‘ब्राबो वे भन्ने ठाउँमा अहिले पनि बास्तानालाबाट निस्किएको पानी बगेको छ, उनले भने, बास्ता नालाको पानी नघटेसम्म बिमानस्थलको पानी घट्ने संभावना छैन ।’
पहिलाको जस्तो अहिले बास्तानालाबाट सहज पानीको निकास हुन नसकेको प्राधिकरणको निश्कर्ष छ। बास्तानाला साँगुरिएको कारणले गर्दा पानी पसेको र तत्काल यसको निकास नखोज्ने हो भने दिर्घकालिन रुपमा समस्या रही रहने खरेलले मकालुखबरलाई जानकारी दिए ।
बिराटनगरका फोहोरहरु बास्तानालामा फालिँदा त्यसको असर अहिले बिमानस्थलमा परेको छ। आज पानी परेन भने बास्तानालाको पानीको लेभल घट्छ, त्यसैको आधारमा बिमान उडान अबतरणको टुंगो लाग्ने खरेलको भनाई छ। ‘बिमानस्थल लो ल्याण्डमा रहेको छ, खरेलले भने, बास्तानालाको ब्यवस्थापन नगर्ने हो भने सँधै डुवान हुने संभावना देखियो महानगरपालिकाले यसको निकास तत्काल निकाल्न सहयोग गर्नु पर्छ ।’
समस्या समाधानको लागि बास्तानालाको ड्याम बनाउने, त्यसलाई चौडाई गर्ने, अतिक्रमण भएका ठाउँहरु खुलाउने हो भने धेरै हदसम्म समस्याको समाधान हुन्छ, खरेलले भने । बिमानस्थलको करिब डेढ किलोमिटरको दुरी बास्तानालाले घेरेको छ। विमानस्थल प्रमुख खरेलका अनुसार आज सरसफाईको काम भईरहेकोले भोलीसम्ममा पानीको लेभल घटेको अबस्थामा शनिवारदेखि नियमित उडान हुनसक्नेछ ।

यहाँ कमेन्ट गर्नुहोस्