२५ आश्विन २०८१, शुक्रबार

एमाले अधिबेशनको यस्तो तयारी, वडा अधिबेशन शनिवार

संवाददाता

विराटनगर । नेकपा एमालेले देशैभरीका वडामा शनिवार वडा अधिबेशन गर्दैछ । वडा अधिवेशनका लागि नेकपा एमालेका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरु जिम्मेवारी बाँडफाँट गर्दै वडा–वडामा पुगेका छन् । एकै दिन हुन लागेको अधिबेशनमा वडामा एमालेको नयाँ नेतृत्व चयन हुनेछ । नेकपा एमालेले आफ्नो संगठित सदस्यता टुंगो लगाएर अधिबेशन शुरु गरेको हो । केन्द्रीय महाधिबेशनको कार्यतालिका अनुसार नेकपा एमालेले भोली वडाको अधिबेशन गर्दैछ भने ९ गते नगर तथा गाउँपालिकाको नेतृत्वको लागि निर्वाचन गर्दैछ ।
संघीयता कार्यान्वायनमा गएपछि हुन लागेको पहिलो अधिबेशन भएकोले एमालेले यो अधिबेशनलाई प्रथम अधिबेशनको रुपमा लिएको नेकपा एमालेका प्रदेश १ का सचिव बिनोद ढकालले बताए । प्रदेश १ मा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ गाउँपालिकाका १ हजार १ सय ५७ वडामा एमालेले नयाँ नेतृत्व चयन गर्दैछ । संघीयता कार्यान्वायनमा जाँदै गर्दाको अबस्थामा पार्टी विभाजन भएकोले पनि एमालेको यो अधिबेशनलाई महत्वका साथ हेरिएको छ। पार्टी बलियो बनाउने अभिभारा तल्लो तहबाट नै हुने भएकोले तल्लो तहमा नेता कार्यकर्तालाई उचित नतृत्वका साथ पार्टीलाई एक ठिक्का बनाएर अघि बढ्ने नेता ढकालले बताए ।
देशभर एकसाथ हुन लागेको वडा कमिटीको अधिवेशनमा मोरङका १७ वटा स्थानीय तहका १५९ वटा वडा मध्ये केहि वडामा अधिवेशनको मिति हेरेफेर भएपनि सबैमा भोली नै हुने जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए।
भोली देशभर एकसाथ उद्घाटन गर्ने तयारी गरिएको अधिवेशनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । यसका लागि प्रविधिको पहुँच भएका हरेक वडाबाट सरिक हुने वातावरण मोरङमा बनाइने मोरङका अध्यक्ष पोखरेलले बताए ।
बाढी पहिरोको असर
बाढीपहिरोका कारण केहि क्षेत्रमा भने एमालेको वडा अधिबेशन प्रभाबित हुने भएको छ। मोरङको सुनबर्षी, रतुवामाई, रंगेली नगरपालिका लगगायतका स्थानीय तहका केहि वडामा त्यसको असर देखिने भएको छ । प्रदेश १को पाँचथर, ताप्लेजुङ, तेह्रथुम र ईलामका केही क्षेत्रमा समस्या हुने देखिएपनि अन्यत्र सहज रुपमा अधिवेशन हुने एमाले प्रदेश सचिव ढकालले मकालुखबरलाई बतँए । १० प्रतिशत ठाउँ जोखिममा रहेकोले अधिबेशन नहुनसक्ने आँकलन एमालेको छ। ति वडाहरुमा अधिवेशन केहि पछि सर्न सक्नेछ । ९० प्रतिशत वडामा भोली नै अधिबेशन भएर नेतृत्व चयन हुने ढकालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्