१५ बैशाख २०८१, शनिबार

नेकपा एमाले मोरङको वडा अधिबेशन २ स्थानीय तहमा स्थगित, अन्य वडामा सर्बसम्मत

संवाददाता

विराटनगर । नेकपा एमालेले मोरङका १७ स्थानीय तहहरु मध्ये १५ वटामा वडा अधिबेशन सम्पन्न गरेको छ। बाँकी दुईवटामा बाढी र प्राबिधिक कारण देखाउँदै वडा अधिबेशन गर्न सकेन । बाँकी सबै पालिकाका केही वडा बाहेक सबैमा सर्बसम्मत न वडा नेतृत्व चयन गरेको छ। शनिवार भएको वडा अधिबेशनबाट १७ वटा स्थानीय तहमा नै केही वडा बाहेक निर्वाचन सम्पन्न भएको हो। नेकपा एमाले मोरङमा कायम रहेका १५९ वटा वडा शाखा कमिटि रहेको थियो । जसमा मिक्लाजुंगका ९ वटा वडामा सर्बसम्मत भएको छ। लेटाङ नगरपालिकाको वडा नम्बर ७ को एउटा वडा बाहेक सर्बसम्मत भएको नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । केरावारीको १ वाँकी, उर्लाबारी नगरपालिकामा १,२,३,६ र ७ नम्बर वडामा नतृत्व चयन बाँकी छ। रतुवामाई र पथरी नगरपालिकाका सबै वडामा सर्वसम्मत भएको छ । कानेपोखरी गाउँपालिकाको एउटा वडामा नेतृत्व चयन बाँकी छ । वेलवारीमा ११ वडा मध्ये एउटा वडामा बाँकी, सुन्दर हरैचामा सबै वडामा सर्बसम्मत वडामा पदाधिकारी चयन भएको पोखरेलले बताए । ग्रमथान, बुढिगंगा, कटहरीमा सर्बसम्मत वडाको नेतृत्व चयन भएको छ। रंगेलीमा एउटा वडा, धनपालथानमा २ वटा वडा, विराटनगर महानगरपालिकामा एउटा वडा बाँकी रहेको छ भने अरु सबै वडाहरुमा सर्बसम्मत भएको नेकपा एमाले मोरङ अध्यक्ष पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार सुनबर्षी नगरपालिकामा बाीका कारण कुनैपनि नेतृत्व चयन हुन सकेन भने जहदामा आवश्यक व्यवस्थापन – अपुग भएको कारणले केही दिन भित्र सम्पन्न गर्ने गरि स्थगित गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्