१५ बैशाख २०८१, शनिबार

गठबन्धनको नाममा सिस्टम माथि प्रहार भएको छ : ओली

संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको नाममा सिस्टममाथि प्रहार भएको बताएका छन् । गगठबन्धनलाई एउटा सानो जमानको संज्ञा दिए ओलीले उनीहरुले यो सिस्टम असफलगराउन लागेको बताएका हुन् । ‘सिस्टम असफल बनाउन प्रक्रियागत रुपमा बिभिन्न अंग र सरकारी निकायलाई कमजोर बनाउँदै त्यस मार्फत सिस्टम असफल बनाउन लागि परेका छन्, ओलीले भने, सिस्टम कोल्ल्याप्स गर्ने संभावना नभएपनि त्यसलाई बदद्नाम गराउने र प्रभावकारीता कमजोर बनाउने काम भएको छ।’
तीन महिना सरकारलाई पुर्णता दिन समय लाग्ने, कुनै सकारात्मक काम गर्न सकिएन भनेर स्वीकार गरेको छ। संसदले कूनै काम गर्न सकेको छैन । हामी सरकारमा बस्दा १ जना मात्र १ मिनेट उभिँदा ब्यवधान खडा भएको भनेर संसद बन्द हुन्थ्यो । अहिले नेकपा एमाले जस्तोे देशकै ठुलो पार्टी प्रमुख प्रमुख प्रतिपक्षले बिरोध जनाउँदा जस्केलाबाट हाम्फालेर, झ्यालबाट हाम्फालेर, करिडोर तिरबाट छिरेर, पछाडीको ढोकाबाट छिरेर मन्त्री आउने र कार्यक्रम संचालन भयोे भनेर तमासा देखाएको आरोप ओलीको छ। सभामुखले प्रतिनिधि सभामा एउटै स्ट्याण्डर्ड बनाउन नसकेको पनि ओलीले बताए । ‘हामीले हाम्रो सांसदले अनुशासन हिन काम गरे भन्दा कार्र्वाही गर्दा त्यही सभामुख ढोकैबाट पत्र लिन्छ र टाँस्छ, ओलीले भने, उही सभामुख एमालेले पत्र पठाउँदा आउन त आएको थियो हामी बिचार गर्दैछौँ भनेर संबिधान कानुन तथा प्रनितिधि सभा नियमावली विपरित बिराटर गर्दैछौँ भन्छ ।’
प्रेस चौतारी नेपालले बिराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले प्रतिनिधि सभामा सभामुखले स्वेच्छाचारिता लादेको, सभामुखले सभामुखको हैसियतमा नभई एउटा पार्टी कार्यकर्ताको हैसियतमा एमाले विरोधी गिरोहको मतियार तथा एमाले बिरोधी षड्यन्त्रको अंगको रुपमा काम गरेको आरोप ललगाए ।
फरक प्रशंगगमा ओलीले अदालतलाई जनताको विस्वास गर्ने थलोको रुपमा उभ्याउनु पर्ने बताए । उनले नेकपा एमाले अदालत भित्र भइरहेको गतिविधिमा नपस्ने बताएका हुन । अहिले जुन राजनीति सर्बाेच्चको नाममा भइरहेको छ त्यस प्रति लक्षित गर्दै ओलीले सर्वाेच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्नु पर्ने बताएका हुन् । प्रधानन्यायधीशलाई महाअभियोग लगाउने प्रश्नमा उओेलीले भने ‘हामीलाई दाउपेचमा पस्नु छैन, सर्बाेच्च अदालत भित्रको असोभनीय गुटबन्धीमा पस्नु छैन । हामीलाई त्यहाँ भित्र के का खिचातानी हुन् त्यसमा पनि पस्नु छैन ।’

यहाँ कमेन्ट गर्नुहोस्