१४ बैशाख २०८१, शुक्रबार

खोपले तनावमा विराटनगरका वडा अध्यक्ष

‘पर्याप्त खोप नआए लगाउन सक्दैनौँ’

संवाददाता

संवाद समुह मोरङले आयोजना गरेको संवादमा सहभागी वडा अध्यक्षहरु

विराटनगर। हरेक वडामा जाने खोप कम हुँदा वडा अध्यक्षहरुको टाउको दुखाई हुने गरेको छ। बिभिन्न उमेर समुहलाई खोप दिँदै आएको भएपनि अब थप समस्या हुने वडा सदस्यहरुको निश्कर्ष छ।
उमेर समुहको आधारमा खोप दिन सक्ने अबस्था छैन, एथेष्ट खोप नआउँदा उमेर समुह भनेर वडामा थेग्न नसकिने अबस्था रहेकोले यदी फेरीपनि थोरै खोप आएको अबस्थामा पहिलो आउनेलाई पहिलो सेवा दिने ब्यवस्था वडाअध्यक्षहरुले मिलाउने बताउँदै आएका छन् ।
संवाद समुह मोरङले आयोजना गरेको संवादको क्रममा छुटेका जेष्ठ नागरिकलाई सहजै खोप दिने ब्यवस्था मिलाउने तर अन्य ब्यक्तिकोहकमा पहिलो आउनेलाई पहिलो खोप दिने ब्यवस्था मिलाउने निश्कर्षमा वडा अध्यक्ष पुगेका छन् ।,
‘सबै वडामा समानुपातिक खोप वितरण गरिएकोले समस्या भएको छ, विराटनगर महानगरपालिकाका वडा अध्यक्षले भने, समानुपातिक भन्दापनि जनसंख्याका आधारमा खोप वितरण प्रणाली बनाउन सके खोप लगाउन सहज हुनेछ ।’
ठुला वडामा खोप केन्द्र बढाउन पहल गरि भिड ब्यवस्थापन गर्ने तथा सबै वडामा खोप लगाउने उमेर समुह र समान मापदण्ड बनाउन वडाहरुहरु बिच छलफल गरेर एकरुपमा कायम गर्ने वडा अध्यक्षको तयारी छ। कतिपय वडामा ४०बर्ष उमेर,समुहका भन्दा माथिकाले पनि खोप लगाईसकेको र कतिपय वडामा ३५ बर्ष उमेर समुहको हाराहारीमा पनि खोप लगाईसकिएकोले अबको खोपभनेको युवामा केन्द्रित हुँदा खोप ब्यवस्थापनमा समस्या हुने वडा अध्यक्षको भनाई छ।

के भन्छन् वडाअध्यक्ष
विराटनगर महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष बद्री सरदारले उमेरको हदमा लागु गर्दा गर्दैपनि थाम्न नसकिने अबस्था नरहेको बताए। तेश्रो भेरियन्ट आउँदै छ भन्दा युवाहरु आक्रमक रुपमा आउने गरेको उनको भनाई छ।
विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिनकुमार आचार्यले शुरुमाखोप लगाउने उमेर समुह नै फरक पर्दा समस्या भएको बताए। ‘पहिलो चरणबाटै १८ बर्ष माथिकालाई लगाउँदैजाउँ भनेर गएको भए तनाव हुने थिएन,उनले भने, घर बाहिर बस्ने समुह रहेकोले उनीहरुलाई लगाउनु पर्ने अबस्था थियो,काम गराई उल्टो खालको हुँदा समस्या भयो ।’

वडा अध्यक्ष विश्वनाथ भगत र मधु तिवारीले समस्या बल्झिँदै गएपछि केही समाधानका उपाय अपनाएर अघिबढेका छौँ । उमेर समुहमा जति भनिएको छ त्यो भन्दा तलमाथि नगर्ने पहिलो आउने र खोपको मात्राको आधारमा जति खोप हो उनीहरुको नागरिकता लिएर राख्ने र खोप दिन सकिने उनीहरुको भनाई छ।
आबश्यकतालाई ध्यान दिउँ
विराटनगर महानगरपालिकाका कुनै वडामा ३ हजार खोपले पुग्ने अबस्था छ भने बढी जनसंख्या भएको वडामा धेरै खोप चाहिने हुँदा जनसंख्यालाई आधार मानेर खोप दिनु पर्नेमा त्यसो नगरि समानुपातिक दिँदा पनि ठुला वडामा पारमा परेका छन् ।
वडा नम्बर ३ का अध्यक्ष बिनोद बस्नेतले कोभिडशिल्ड लगाएकाहरु अहिले अलपत्र परेको बताए । पछिल्लो समयमा आएका खोपहरुपनि उमेर समुहलाई आधार बनाउँदा पनि खोप कम आउने र लगाउनेको संख्या धेरै हुँदा तालमेल नमिल्ने गरेको उनले बताए । अब युवा समुहमा खोपलगाउनु पर्ने अबस्था रहेकोले वडा नम्बर ३ मा ६ हजार डोज खोप हुने हो भने समस्याको समाधान हुने तर्क बस्नेतको छ ।
‘जहाँ बढी खोप चाहिने हो त्यो ठाउँमा खोप आउन सकेको छैन,वडा अध्यक्ष बस्नेतले भने, वडा नम्बर ३ मा ६ हजार खोप दिने हो भने म सबैलाई खोप दिन सक्छु ।’ उमेर समुहबाट लगाईएको खोपमा पनिजेष्ठ नागरिकले नै छोरा नातीलाई सिफारिस गरिदिँदा पनि समस्या भएको वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए । ‘शुरुमा ६५ बर्ष माथिको भन्दा आएनन् अहिले बुढापाकाले सिफारिस गरेर छोरा नातीलाई लगाईदिनु पर्यो भनेर आए, न्यौपानेले भने, अमेरिकन खोप आएपछि अत्याधिक भिड भयो, यसले निक्कै समस्या सिर्जना भएको छ।’ राजनीतिक दलहरुकै कारण पनिवडा अध्यक्षहरुलाई समस्या हुँदै आएको छ। यसको मान्छे र त्यसको मान्छे भनेर दवाव आउने गरेको वडा अध्यक्षहरु बताउँछन् । ‘आएको खोपलाई कसरी ब्यवस्थापन गर्ने भन्नेमा कसैले सोच्दैन न्यौपानेले भने, सबैले ब्यवस्थापन भएन भनेर गाली गर्छन् ।’उनले अबका दिनमा एथेष्ट खोप आएन भने उमेर समुह भनेर थेग्न सक्ने अबस्था नभएको बताए। उनले आफ्नो वडामा ५ हजार ब्यक्तिलाई चाहिने खोप आयो भने ब्यवस्थापन गर्न सकिने बताए। सबै वडा अध्यक्षको एउटै कुरा छ, प्रशस्त खोप आएन भने खोप लगाउन सक्ने अबस्था छैन।
वडा नम्बर १६ का अध्यक्ष मनोज सुब्बाले पनि पर्याप्त खोप आयो भने समस्या समाधान भएर जाने बताए । अहिले यो वडामा ३ हजार डोज खोप भयो भने सबैले खोप लगाउन सक्ने दाबी सुब्बाको छ।

यहाँ कमेन्ट गर्नुहोस्