१६ चैत्र २०८०, शुक्रबार

९४ तोला चादी सहित एक जना पक्राउ

संवाददाता

विराटनगर । मोरङमा ९४ तोला चादी सहित एकजजनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको रतुवामाई नगरपालिका ३ छालगाछीतबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी विराटनगर पठाएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्