१४ बैशाख २०८१, शुक्रबार

५ अर्ब लगानीमा विराटनगरमा व्यापारिक कम्प्लेक्स बनाउने तयारी

संवाददाता

विराटनगर महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कमप्लेक्स बनाउने विषयमा समझदारी

विराटनगर । विराटनगर महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कप्प्लेक्स बन्ने भएको छ । विराटनगर वडा न.९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठाजग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो । बुधबार विराटनगर महानगरमा आयोजित एक कार्यक्रमका बीच विराटनगर महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कमप्लेक्स बनाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की , विराटनगर महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, वडा नं. ९ का वडाध्यक्ष बिश्वनाथ भगत लगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
परियोजनाको काम आगामी तीन महिना भित्रै शुरुवात हुने बताइएको छ । स्वदेशी लगानी कर्ताहरुकै लगानीमा बन्ने उक्त कम्प्लेक्सको लगानी झण्डै ५ अर्ब भन्दा बढिको हुने कार्यक्रममा जानकारी दिईएको थियो ।
कांग्रेस मुख्य सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीका रुपमा रहेको विराटनगरले अन्तराष्ट्रिय स्तरको व्यापारिक कम्प्लेक्स पाउनेमा आफु ढुक्क रहेको बताए । यो योजनाले शहरको सुन्दरता, स्थानिय आर्थिक उपार्जन हुनका साथै आर्थिक रुपमा विराटनगर महानगर समेत सवल बन्ने कार्कीको भनाई छ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले नगरवासीको दीर्घकालिन हितलाई ध्यानमा राख्दै परियोजनालाई अगाडी बढाएको बताए । आधुनिक, सुविधा सम्पन्न र अन्तराष्ट्रिय स्तरको व्यापारिक भवन बन्ने हुदा विराटनगर थप गतिशिल शहरका रुपमा स्थापित हुने मेयर पराजुली बताउँछन् ।
व्यापारिक कम्प्लेक्स भवन तीन वर्ष भित्र निर्माण भईसक्ने गरि निजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली,२०७६ मा भएको कानूनी व्यवस्थाको आधारमा परियोना अघि बढ्ने प्राधिकरणका निर्देशक डा कोईरालाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्