११ बैशाख २०८१, मंगलबार

जनगणना गर्न विभागले थाल्याे गणकलाई प्रशिक्षण

संवाददाता

विराटनगर । तथ्यांक विभागले जनगणना २०७८काे दाश्राे चरणमा प्रबेश गरेकाे जनाएको छ । पहिलाे चरणमा घर तथा घरपरिवार सुचिकरण कार्य २०७८ भदौ ३० देखि असोज १८ सम्म २० दिनमा सम्पन्न भएकाेले अब मुल गणनामा केन्द्रित हुन लागेकाे विभागले जनाएको हाे । तथ्यांक विभागसँगकाे सहकार्यमा मिडिया एक्सनले पत्रकारहरूकाे लागि कार्यशालामा विभागका निर्देशक केशव गाैतमले प्रदेश १ मा गणकहरूकाे लागि प्रशिक्षणकाे काम शुरू भएकाे बताए । पहिलाे चरणमा गरिएकाे घर परिवार सुचिकरण भईसकेकाेले मूलगणना २०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिनसम्म चल्ने उनले बताए । जनगणनाका लागि १३ दिन बाँकी रहेकाले त्यसकाे लागि थप प्रक्रिया शुरू भएकाे निर्देशक गाैतमले बताए । तथ्यांक विभागले करिब ७० लाख परिवारकाे ३ करोड जनसंख्याकाे तथ्यांक संकलन गर्ने जनाएको छ । `हामीले जनगणनाकाे तयारी बिगतका आर्थिक बर्षदेखि नै गर्दै अाएका छाै, गाैतमले भने, यसभन्दा अघिल्लो जनगणनामा भएकाे नमूना छनौट विधिको प्रयोग देशको नयाँ संरचना अनुसारको विवरणका कारण याे जनगणनामा छैन ।´

यसबर्षकाे घर परिवार सुचिकरण बैशाख र जनगणना जेष्ठ महिनामा गर्ने भनिएपनि काेभिडका कारण ढिला भएकाे हाे ।विभागका अनुसार जनगणना सम्पन्न गर्न ४ अर्ब ५० कराेड खर्च हुने विभागले जनाएको छ । प्रदेश १ जनगणना कार्यालयका प्रमुख तिर्थराज बरालले तथ्याङ्क विभाग गणनाकाे तयारीमा रहेकाे बताए । उनले प्रदेश १ मा भाेलीदेखि गणककाे लागि तालिम दिईने बताए ।देशभरी ३९ हजार गणक नागरिकको घरसम्म पुग्नेछन् । जनगणनाकाे लागि जिल्लाहरूमा जनगणना कार्यालयले काम गरिरहेकाे बरालले जानकारी दिए । झापा, माेरङ र सुनसरी जिल्लामा २/२ वटा कार्यालय स्थापना भएकाे र त्यसबाहेक अन्य जिल्लामा एउटा कार्यालयले काम गर्ने बताए । जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्रमा जिल्ला समन्वय समिति अध्यक्ष रहने र सदस्यहरू नगरपालिकाका मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, जिल्ला जनगणना अधिकारी रहने ब्यबस्था छ । राष्ट्रिय जनगणना २०७८ का प्रश्नावलीहरूमा घर तथा घरपरिवार लगत सूचिकरणका २५ प्रश्न र मूख्य प्रश्नावलीमा ५५ प्रश्न संख्या सहित सामूदायिक प्रश्नावली वडास्तरीय रहने जनाईएकाे छ । कार्यक्रममा लक्ष्मणदत्त पन्त र कल्पना अाचार्यले जनगणना सम्बन्धि रिपोर्टिङ बारे प्रशिक्षण दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्