१३ बैशाख २०८१, बिहिबार

फेसबुक वाच : विराटनगरका फुटपाथमा सरकारी गाडी

संवाददाता

पत्रकार गणेश लम्सालले फोटो सार्बजनिक गरेको फुटपाथमा राखेको को१ झ ५८५ नम्बरका सरकारी गाडी

विराटनगर । विराटनगरका सडकहरु सवारी सधनले भरि भराउ हुन्छन् । न ट्राफिक नियमको पालना भएको देखिन्छ न सवारी साधनको सही पार्किङ । सवारी साधनको चाप बढ्दै जाँदा त्यसको ब्यवस्थापनको काम पनि त्यही गतिमा हुनु पर्ने हो त्यो अनुसार भएको देखिन्न । सवारी साधन मनपरी पार्किङ गर्ने, सरकारी सवारी साधनहरुले नै नियम नमानने जस्ता प्रबृतिहरु देखिँदै जान थालका छन् । विराटनगर प्रदेशको पुरानो तथा ऐतिहासिक सहर मात्र हैन यो प्रदेश १ को राजधानी पनि हो । यहाँ चारपांग्रे सवारी चढ्ने भन्दा खाली खुट्टा हिँड्नेको संख्या पनि धेरै छ । त्यस्तै साईकलमा हिड्नेको संख्या उस्तै छ। सडकमा हुने अबैध पार्किङ तथा फुटपाथमा पनि पार्किङ गरिदिँदा पैदल हिड्ने र साईकल यात्री समस्यामा पर्ने गरेका छन् । शुक्रबार त्यही मध्येको एउटा उदाहरणीय फोटो सामाजिक सञ्जालमा सार्बजनिक भएको छ । विराटनगरका नयाँपत्रिका दैनिकका संवाददाता गणेश लम्सालले फुटपाथमा सरकारी सवारी साधन पार्किङमा राखिएकोले अप्ठेरो परेको भावमा आफ्ना भनाई सार्बजनिक गरेका छन् । उनले लेखेका छन्,–‘तिमी गाडी मालिक हौ । यो देश तिमीहरुका लागि मात्र हो । यसैले जे गर्न मन लाग्छ त्यही गर । कसैले केही गर्दैन । मात्र सडकमा प्रहरीले माखे सांग्लो लगाएर गरिबसँग जरिवना असुलेर पिरोलो दिने मात्र त हो नि ? फुटपाथ हामी सबै नागरिकको अधिकार २ ।’
को १ झ ५८५ नम्रको गाडीको फोटो सहित पत्रकार लम्सालको यो भनाईले सार्बजनिक गर्नुले यस्ता समस्या यहाँ धेरै छन् । नागरिकको लागि स–सना बिषयले समेत नागरिकलाई आजित पारेको छ। यस्ता समस्या हरेक चोक, गल्ली, बजार तथा सुबिधा सम्पन्न कम्प्लेक्स अगाडी पनि देखिने गरेको छ। यस्ता सवारीलाई न ट्राफिक प्रहरीले कार्वाही गर्छ न महानगरका प्रहरीले नै कार्वाही गर्न सक्छन् ।

यहाँ कमेन्ट गर्नुहोस्