०६ बैशाख २०८१, बिहिबार

प्रदेश सरकारले गर्ने स्रष्टा सम्मान, १८ जनाको नाम सार्बजनिक

संवाददाता

विराटनगर । हरेक बर्ष प्रदेश सरकारले बितरण गर्ने पुरस्कार यो बर्ष पनि १८ जनालाई वितरण हुने भएको छ । स्रष्टा सम्मानको नाममा प्रदेश १ सरकारले हरेक बर्ष झण्डै २ दर्जन स्रष्टालाई पुरस्कृत गर्दै आएको छ। यो बर्ष पनि प्रदेशका १८ जना स्रष्टालाई सम्मान गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कोभिड तथा बिभिन्न कारण देखाउँदै हरेक बर्ष बितरण गर्नु पर्ने पुरस्कार गत आर्थिक बर्षमा नै बितरण हुनु पर्नेमा हुन सकेको थिएन ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरेर पुरस्कारको लागि आब्हान गरेको सामाजिक विकास मन्त्रालयले १८ जनालाई छनोट गरेको हो । पुरस्कार छनोट समितिका संयोजक खेम नेपालीको नेतृत्वको समितिले सिफारिस गरेको नामको आधारमा पुरस्कार वितरण गर्ने नाम सार्बजनि गरेको हो । सामाजिक विकास मन्त्रालयले सार्बजनिक गरेको नामहरुमा ‘बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान २०७८’बाट विराटनगरका साहित्यकार बलराम पोखरेललाई दिने उल्लेख छ । पोखरेललाई १ लाख रुपैयाँ राशीको सम्मान हुनेछ ।
यस्तै ५० हजार राशीको प्रदेश भाषा साहित्य कला प्रतिभा सम्मानबाट लक्ष्मण नेवटीया (मोरङ), डमरुबल्लभ भण्डारी (सुनसरी), राम दियाली (इलाम), सरस्वती दुमी राई (पाँचथर), नविन राई (खोटाङ), माधव कल्पित (झापा), शंकर खरेल (मोरङ), प्रेम सुब्बा (सुनसरी), टीका चाम्लिङ (खोटाङ), भानुभक्त कुभिण्डेली (झापा), सत्यकला राई (खोटाङ) र मञ्जुश्री गिरी (मोरङ) सम्मानित हुने भएका छन् ।
यस्तै २५ हजार राशीको नवोदित भाषा साहित्य कला प्रतिभा पुरस्कार २०७८ बाट सञ्जिव धिमाल (मोरङ), रामभजन कामत (मोरङ), खगिन्द्रा निरौला ‘खुसी’ (झापा), कविता राई (भोजपुर) र सुरेश पोर्तेल (इलाम) पुरस्कृत हुने भएका छन् । यो पुरस्कार विगत बर्षदेखि बितरण हुन सकेको थिए ।

यहाँ कमेन्ट गर्नुहोस्