१३ बैशाख २०८१, बिहिबार

मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

संवाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । २०७८ भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले प्रदेश सभाभित्र अंग गणितत नमिलेको भन्दै पदबाट राजिनामा दिएका हुन् । प्रदेश सभाको सोमबारको बैठकमा बोल्दै उनले जनताले यही सरकार चाहेको भएपनि प्रजातान्त्रीक अभ्यासमा प्रदेश सभाभित्र अंक गणित नमिलेको भन्दै उनले राजिनामाको घोषणा गरेका थिए । राजीनामाको घोषणा गरे लगत्तै आचार्य प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीकोमा पुगेर पदबाट राजीनामा दिएका थिए । एमालेबाट नेकपा एकिकृत समाजवादी फुटेर अर्कै दल भएपछि एमालेको सरकार अल्पमतमा परेको थियो । विपक्षी गठबन्धनका ५० जना रहेको र एमालेको ४१ जना मात्र भएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए । असोजज २५ गे विस्वासको मतका लागि प्रस्ताव दर्ता गराएको भएपनि आज विस्वासको मात लिने बेलामा उनले राजीनामा दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्