१३ बैशाख २०८१, बिहिबार

सवारी दुर्घटनामा मोेरङमा ५ सहित ८ जनाको मृत्यु

संवाददाता

विराटनगर । मोरङ, झापा र उदयपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा ७ जजनाको मृत्यु भएको छ। थप ७ जना घाईते भएका छन् ।
मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा को ४० प १७२७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो ठोक्कीँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की र पछाडी सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलक बहादुर सुबेदी, लेटाङ नगरपालिका २ कि ४५ बर्षीया सिता कार्कीको ज्यान गएको हो । सिताको घोपा धरानमा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै गएराती नै भएको मोरङको रंगेली नगरपालिका ६ पटियापाडा का ३० बर्षीय सत्रुघन साहको साईकल दुर्घटनामा मृत्यु भएको छ।
मोरङकै ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाकोपुलबाट मोटरसाईकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कटहरी गाऊपालिका ५ का २१ बर्षीय आशिष सरदार रहेका छन् । आज बिहान को १२ प १६७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका ११मा स १ ह १६२० नम्बरको अटो र को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाईकल पछाडी सवार त्रियुगा नगरपालिका ११ का ८५ बर्षीय कुल प्रसाद भण्डारीको दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। उनको न्युरा अस्पताले बिराटनगरमा उपचारको क्रममा राती मृत्यु भएको हो । मोटरसाईकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की सामान्य घाईते भएका छन् । उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि नम्बर नखुलेको मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी जुधेर दुर्घटना भएको छ। दुर्घटना स्कुटीमा सवार स्कुटी चालक मेची नगरपालिका १० का ४२ बर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाईकल पछाडी सवार झापा हल्दिबारी गाऊपालिका २ का २१ बर्षीय पिजेश लामा घाईते मध्ये एकजनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटी पछाडी सवार मेचीनगर नगरपालिका १०का १६ बर्षीय मनिस कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाकै मेचिनगर नगरपालिका १३ तेलिबारीमा प्रदेश–१–०४–०१४प.३३४५ नम्बरको मोटरसाईकल र प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका थिए । घाईते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाईकल चालक झापा मेचिनगर नगरपालिका ८ का २१ बर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ बर्षीय अभिषेक श्रेष्ठ तथा ३९९५ नम्बरको मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेश शिवकोटी र पछाडी सवार झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय प्रबिण मेचे रहेका छन् । घाईते मध्ये अभिषेक श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा गएराती मृत्यु भएको छ । बाकी ३ जना घाईतेहरुको सोही अस्पतालमानै उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जजनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्