११ बैशाख २०८१, मंगलबार

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

संवाददाता

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु भएको छ। कोेशी गाउँपालिका २ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको हो । दिउँसोे लौकहीको भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ जाँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो । अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी मोरङको जहदा गाउँपालिका–७ की १६ बर्षीया बर्षा साह र उनिसंगै रहेकी २ बर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिएको थियो । घाईते दुबै बालिका मध्ये जिल्ला अस्पताल ईनरुवामा २ बर्षीय बालिका दिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्की घाईते बालिकालाई थप उपचारको लागी बिराटनगर ल्याईएको छ। घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्