१४ बैशाख २०८१, शुक्रबार

अदालतको बिषयमा राजनीति हस्तक्षप हुनु हुन्न : यादव

संवाददाता

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अदालत भित्रको समस्या त्यहीँ भित्रबाट समाधान हुनु पर्नै बताएका छन्ख । उनले अदालतमाथि राजनीतिक हस्तक्षप हुुनु नहुने बताए । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले अदालत भित्रको समस्यामा सत्ता गठबन्धन सम्बन्धीत निकायबाट नै समाधानको पक्षमा रहेको उल्लेख गरे । अहिले जुन अबस्थामा समस्या देखिएको छ त्यो समस्या त्यहीँ भित्रैबाट समाधान हुनेछ, उनले भने, ढिलो चाँडो न्यायालय भित्रको समस्या त्यहीँ भित्रैबाट समाधान हुन्छ । अदालत भित्रको समस्यालाई उनले संबिधानमा देखिएको त्रुटीले भएको भनेका छन् । तत्काल संबिधान संशोधन गर्नु नै उपयुक्त हुन्छ, उनले भने, संबिधान संशोधनको लागि दुई तिहाई गठबन्धनसँग छैन त्यो संभावना छैन । संबिधान संशोधनका लागि साझा सहमतीको खाँचो रहेको अध्यक्ष यादवले औल्याए ।

यहाँ कमेन्ट गर्नुहोस्