०८ बैशाख २०८१, शनिबार

ओखलढुंगा दुर्घटना : ४ जनाको मृत्यु, १२ जना घाईते

संवाददाता

विराटनगर । ओखलढुङगामा भएको वारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। सुनकोशी गाउँपालिका–९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो । १२ जना घाईते भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। आज बिहान साँढे ७ बजेको समयमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बोलेरो सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका हुन् । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ बर्षीय मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। गम्भीर घाइृते भएका उनीहरुको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका मध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको र अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्