०८ बैशाख २०८१, शनिबार

प्रदेश १ का मुख्यमन्त्री राईले विस्वासको मत पाए

संवाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विस्वासको मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनबाट गत कात्तिक १६ गते बनेको प्रदेश सरकारका मुख्यमन्त्रीमा राई नेतृत्वको सरकारले विस्वासको मत पाएको हो । अहिले प्रदेश सभामा कायम रहेको ९२ जना प्रदेश सभा सदस्य रहेकोमा ५० मत प्राप्त गरेको सभामुख प्रदिपकुमार भण्डारीले घोषणा गरे ।
संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री विस्वासको मत लिने ब्यवस्था अनुसार राईले विस्वासको मत लिएका हुन् ।
प्रदेश सभामा कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकिकृत समाजवादीका १० जना, जनता समाजवादी पार्टीको ३ जना, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका १ जना सांसदहरु रहेका थिए । ७९ जना सांसदले मतदान गरेकोमा २९ जनाले बिपक्षमा र ५० जनाले सरकारको पक्षमा मतदान गरेको सभामुख प्रदिपकुमार भण्डारीले घोषणा गरे ।

यहाँ कमेन्ट गर्नुहोस्