१५ बैशाख २०८१, शनिबार

नेपाली कांग्रेस भोजपुरमा निर्वाचन पछि सभापति सर्बसम्मत

संवाददाता

भोजपुर । नेपाली कांग्रेस भोजपुरको मतदानपछि सर्बसम्मत सभापति चयन भएको छ। सोमबार भएको निर्वाचनबाट कसैलेपनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि भएको छलफलका आधारमा विनोदद वान्न्तवा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । नेपाली कांग्रेस भोजपुरको सभापतिमा ३ जजनाले दाबी प्रस्तुत गरेका थिए । बिनोद बान्तवा, नन्दमणी राई र बालकृष्ण थापाका बिच भएको प्रतिस्पर्धामा वान्तबाले ४१५ मत, राईले ३९२ मत र थापाले ३६० मत पाएका थिएए ।
१हजा २ सय २७ मत मत खसेकोमा १हजा १ सय ६७ मत सदर भएको र ६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ। त्यसबाट कसैको ५१ प्रतिशत नपुगेपछि आज पुन मतदानको तयारी भएकोमा वान्तवा र राईका बिचमा छलफल हुँदा राईले वान्तवालाई नै छाडेपछि निर्विरोध भएको हो । थापाले वान्तवालाई सहयोेग गर्ने भएपछि राईले छाडेको हुनसक्ने कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्