१५ बैशाख २०८१, शनिबार

लैँगिक हिंंसा विरुद्धको अभियान

संवाददाता

विराटनगर । लैँगिक हिंंसाविरुद्धको अभियानलाई गाउँ-गाउँसम्म पुर्‍याउन सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने भएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ-गाउँमा पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् । अभियानलाई गाउँ-गाउँमा पुर्‍याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा विराटनगरमा लैंगिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको आरम्भ गर्दै मन्त्री यादवले अभियानलाई गाउँ गाउँमा पुर्‍याउन सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने बताए । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाइ हुने भन्दै यादवले आ-आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

निरन्तरको अभियानले लैंगिक हिंसा सधैँका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताए । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आजदेखि लैंगिक हिंंसाविरुद्धको अभियान सुरु भएको हो । विराटनगरमा प्रभातफेरिसहितको कार्यक्रममा सामाजिक विकासमन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थालगायतको सहभागिता थियो ।साझा अभियानमा सरकारी निकायहरूका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एसोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरूको सहभागिता रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्