१४ बैशाख २०८१, शुक्रबार

विराटनगरको रानी नाकाबाट हुने मानव तस्करी रोक्न चालकलाई प्रशिक्षण

संवाददाता

माईती नेपालले चालक प्रशिक्षण

विराटनगर । बिराटनगरको रानी नाकाबाट हुने मानव ओसारपसार नियन्त्रणका लागि माईती नेपालले चालक प्रशिक्षण अभियान शुरु गरेको छ। सीमा नाकामा सवारी चलाउने चालकलाई लक्षित गरि प्रशिक्षण शुरु गरेको माइती नेपालले जनाएको छ। १६ दिने लैँगिक हिंसा बिरुद्धको अभियान अन्न्तरगत सीमामा हुने मानव तस्कर नियन्त्रणको लागि यो अभियान चलाईएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विवनोद पोखरेलले जानकारी दिए ।
माइती नेपालको आयोजनामा मिनिबस, सिटी तथा टेम्पोका चालकलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना प्रदान गरेको छ । रानी नाका भएर मानव तस्करहरुले महिला बालबालिकाको ओसारपसार गर्ने तथा बेचबिखनमा पर्ने संभावनालाई मध्यनजर राखेर सवारी चालकलाई प्रशिक्षण दिईएको कायृक्रम संयोजकपोखरेलले बताए ।
प्रशिक्षणमा इलाका प्रहरी कार्यालय रानीका प्र्रहरी निरीक्षक प्रकाश राउतले मानव ओसार पसार भएको जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालित हुने बताए । बिभिन्न भेषमा मानव ओसारपसार हुने गरेको जानकारी दिँदै यस्ता बारेमा चालकहरु पनि सचेत हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी चालकहरुले रानी नाकामा मात्रै निगरानी गर्न भन्दापनि अन्य छोटी नाकाहरुमा पनि निगरानी बढाउन सुझाब दिएका छन् । उनीहरुले खुल्ला सीमाना भएको कारण अन्यत्रबाट पनि भगाएर भारतीय बजारसम्म लग्न सक्ने भएकोले ति नाकाहरुमा पनि ध्यान दिन प्रहरीलाई आग्रह गरे । मानव तस्करहरुले पछिल्ल्लो समय ट्याक््सी नै रिजर्भ गर्ने गरेको कारण ट्याक्सी चालकलाई पनि प्रशिक्षण दिनु पर्ने सुझव सहभागीको थियो । माईती नेपालले सीमा नाकामा बिहान ६ बजे देखि राती १० बजेसम्म सिमा निगरानी गर्दै आएको छ।
भारतको जोगवनी रेल्वे स्टेशनबाट दिल्ली जानसक्ने संभावनालाई मध्यनगर राखेर रातीसम्म नै सीमानाकाको निगरानी गर्ने तथा रेल्वे स्टेशनहरुसम्म पुगेर अनुगमन गर्ने गरिएको माईती नेपालका मनोबिमर्शकर्ता गिताञ्जली शर्माले जानकारी दिईन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्