१३ बैशाख २०८१, बिहिबार

कांग्रेस सुनसरी सभापतिमा भण्डारी बिजयी, विजय गच्छदार र ज्ञानेन्द्र कार्कीलाई झड्का

संवाददाता

विराटनगर । नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन् । पौडेल–कोईरारा समुहबाट निर्वाचित भएका भण्डारीले सञ्जयकुमार श्रेष्ठलाई ११३ मत अन्न्तरले पराजित गरेका हुन् । आजज बिहान सम्पन्न गत गणनाको अन्तिम परिणामबाट भण्डारी निर्वाचित भएका हुन् । दुई हजार ६ सय २६ मत खसेकोमा भण्डारीले १ हजार ४२२ मत प्राप्त गरे भने श्रेष्ठले १ हजार ३ सय ९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसको सुनसरीको दुई कार्यकाल सचिवको जिम्मेवारीमा काम गरेका थिए । उपसभापतिमा संस्थापन इतरकै नागेशचन्द्र राई र पंकजकुमार महतो बिजयी भएका छन् ।
सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापन इतरका माधवकुमार घिसिङ निर्वाचित भए । सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रभाव रहेको भनिएको जिल्लामा संस्थापन इतरको सभापतिको जजीतलाई कार्यकर्ताले कार्कीको पराजयको रुपमा लिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको विस्वास पात्रको रुपमा रहेका कार्कीले आफ्नै जिल्लामा बिउ जोगाउन नसकेको आरो लागेको छ। कार्कीको दौडधुपले प्रदेश १ को राजनीतिमा नै प्रभाव पर्नु पर्नेमा त्यस्तो देखिएन । सुनसरीमै बलियो मानिएका विजय कुमार गच्छदार पनि कमजोर देखिएका छन् । शेरबहादुर देउवा निकट मानिएका गच्छदारलाई आफ्नै निर्वाचन क्षेत्र भारी भएको छ । उनकै कारण निर्वाचन प्रक्रिया लम्ब्याएको आरोप लागेको अबस्थामा निर्वाचन पछि उनी संस्थापन इतरका नेता क्षेत्रीय सभापति भएपछि उनलाई धक्का लागेको छ । चार वटा क्षेत्र रहेको सुनसरी प्रतिनिधि निर्वाचन क्षेत्रगत रुपमा हेर्ने हो भने दुई क्षेत्र संस्थापन र दुईक्षेत्र संस्थापनइतरले जितेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा संस्थापन समुहका सुरेन्द्र तामाङ, क्षेत्र नम्बर २ मा संस्थापन इतरका लालमणी सुबेदी र ३ मा पनि संस्थापन इतरकै मेहदी हुसेनले क्षेत्रीय सभापति जिते । त्यस्तै क्षेत्र नम्बर ४ मा भने संस्थापन समुहले क्षेत्रीय सभापति जितेको हो । जिल्लामा बिउ जोगाउन नसकेका ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो क्षेत्र नम्बर ४ मा भने एयुब अन्सारीलाई क्षेत्रीय सभापतिमा जिताए । गच्छदारले भने आफ्नो क्षेत्रमा नेता जोगाउन नसकेका मात्र हैनन् उनी कांग्रेस भित्र कमजोर नेताको रुपमा कार्यकर्ताले बुझ्न थालेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्