१४ बैशाख २०८१, शुक्रबार

दुर्घटना न्यूनिकरण गर्न विराटनगरमा लायन्सको अभियान शुरु

संवाददाता

विराटनगर । बढ्दो दुर्घटना न्यूनिकरणका लागि विराटनगरमा अभियान शुरु भएको छ। विराटनगर मोरङ लायन्स क्लब र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा बिराटनगरको तीनपैनीमा सचेतनामुलक अभियान शुरु भएको हो । विराटनगरमा सवारीको चाप पनि बढेसँगै सवारी दुर्घटना पनि बढ्न थालेपछि सचेतना फैलाउने उदेश्यले स्टिकर टास अभियान सुरु गरिएको बिराटनगर मोरङ लायन्स क्लबका अध्यक्ष सुदन पौडेल बताए ।
हाल बिराटनगरमा मात्र संचालित यो कार्यक्रम मोरङ जिल्ला भरी नै अभियानका रुपमा संचालन गरिने उनले बताए । अभियानको पहिलो दिन नै विभिन्न मोटरसाईकल, स्कुटर, कार, सफारी तथा ठुला सवारी साधन गरि करिब ३०० सवारीहरुमा स्टिकर टाँस गरिएको उनले बताए ।
सेभ ड्राइभ सेभ लाइफ , तिब्र गति जिवनको क्षती , मादक पदार्थ सेवन गरि सवारी नचलाउँ जस्ता सन्देशमुलक स्टिकरहरु टाँस गरिएको थियो । ट्राफिक प्रहरी तिनपैनिका किशोरकुमार निरौलाले यस्ता अभियानमा स्थानीयको साथ हुनु पर्ने बताए। यस्ता अभियानबाट जनचेतना फैलाउनुका साथै दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउने उनको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्