१४ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेस मोरङको सभापतिमा दोश्रो पटक लिम्बु

संवाददाता

नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु

विराटनगर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । आईतबार भएको पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि फेरी निर्वाचन गरिएको थियो । मंगलबार भएको दोश्रो चरणको निर्वाचनबाट लिम्बु बिजयी भएका हुन् । १३ औ महाधिबेशनमा देउवा लाईनबाट सभापतिको मैदानमा होमिएका लिम्बु १४ औ महाधिबेशनसम्म आउँदा कोईराला समुहबाट चुनाबी मैदानमा देखिए । १४ औँ महाधिबेशनबाट पनि लिम्बु बिजयी भएका हुन् । कोईराला समुहका लिम्बूले १ हजार ९०६ मत पाए भने उनका प्रतिस्पर्धि देउवा समुहका दिलिप गच्छदारले १ हजार ४२५ मत पाएको निर्वाचन समितिले जनाएको छ । दोश्रो चरणको मतदानमा ३ हजार ३ सय ५६ मत खसेको थियो ।

पराजित पछि सिटौला समुहको देउवालाई साथ
१४ औं महाधिवेशन अन्तरगत मोरङको अधिवेशनमा आईतबार ३ हजार ४ सय १४ मत खसेको थियो । आईतबार राती मतगणना हुँदा संस्थापनइतरका लिम्बुले १ हजार ५ सय ४४ मत प्राप्त गरेका थिए भने शेरबहादुर देउवा निकट उम्मेद्वार दिलीप गच्छदारले १ हजार १ सय ६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौला समुहबाट उम्मेद्वार भएका यदुकुमार बिष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए । पहिलो चरणको निर्वाचनबाट कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोश्रो पटक चुुनाव भएको हो । आफु पराजित भएपछि विष्टले देउवा समुहका गच्छदारलाई सघाउन पत्रकार सम्मेलन नै गरेका थिए । विष्टले सोमबार साँझ गरेको पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि साथ दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्