१२ बैशाख २०८१, बुधबार

मोरङ कांग्रेस सभापतिमा षड्यन्त्र पुर्वक हराईयो : संस्थापन

संवाददाता

विराटनगर । नेपाली कांग्रेस मोरङको अधिवेशनमा संस्थापनले षड्यन्त्र पूर्बक हराएको आरोप लगाएको छ। शक्तिकोे दुरुपयोग गर्दै संस्थापन समुहको उम्मेदवार भएका दिलीप गच्छदारलाई हराएको आरोप केन्द्रीय सदस्य अमृत अर्यालको छ। ‘शक्तिको दुरुपयोग गरेर हामीलाई हराईएको छ, उनले भने, तीन जना ठूला नेताले छलफल र वार्ता गर्ने भन्दै तीन दिनसम्म अल्मल्याए ।’
चुनाव सार्ने भनिएपछि एकाएक चुनाव गरिएको उनकोे भनाईछ । पार्टीको आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढंगको व्यवहार भएको अर्यालले टिप्पणी गरे । क्रियाशिल वितरण देखि नै षड्यन्त्र भएको आरोप उनको छ। गएराती सम्पन्न भएको मत परिणामबाट मोरङको सभापतिमा डिगबहादुर लिम्बू विजयी बनेपछि संस्थापनले पत्रकार सम्मेलन गरेको हो । संस्थापन पक्षका दिलिप गच्छदार पराजित भएपछि त्यो समुह रुष्ट देखिएको छ । तर गच्छदारले आफूले पराजय स्विकार गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा नेता अर्यालले प्रदेश १ को नेतृत्वको लागि बिहीबारसम्म सहमतिको प्रयास हुने र नभए संस्थापनको तर्फबाट उमेदवारी घोषणा हुने जानकारी दिए । प्रदेश १ का ६ जिल्लामा संस्थापन, ७ मा कोराइला–पौडेल र एक जिल्लामा कृष्ण सिटौला पक्षधर सभापति निर्वाचित भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्